नेपाल उद्योग परिसंघले दियो नेपाल राष्ट्र बैंकलाई आ.व.२०८२/८३ को मौद्रिक नीतिका लागि सुझाव

नेपाल उद्योग परिसंघले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिका लागि नेपाल राष्ट्र बैंकलाई सुघाव दिएको छ । शुक्रबार नेपाल राष्ट्र बैंकमा आयोजना भएको कार्यक्रममा सो परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेललाई आगामी आर्थिक वर्ष २०८२/८३ को लागि ४ विशिष्ट विधामा बर्गीकरण गरि कुल १५ बुँदाको सुझाव हस्तान्तरण गर्नुभयो । सोही अवसरमा उहाँले बजेटले राखेका लक्ष्य हासिल गर्न सहयोग गर्दै अर्थतन्त्रको पुनरुत्थानमा केन्द्रित गरि मौद्रिक नीति ल्याइनुपर्ने बताउनुभयो । उहाँले आगामी मौद्रिक नीतिले निजी क्षेत्रलाई प्रोत्साहित गर्ने र बजारको आत्मविश्वास बढाई अर्थतन्त्र पुनरुत्थानमा सहय‍ोग पु-याउन सक्नु पर्नेमा जोड दिनुभयो । त्यस अवसरमा गभर्नर प्रा.डा. पौडेलले सुझावका लागि नेपाल उद्योग परिसंघलाई धन्यवाद दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *