नेपाल राष्ट्र बैंकका पूर्व उपनिर्देशक रमेशप्रसाद चौलागाई राष्ट्रिय सहकारी नियमन प्राधिकरणको विज्ञ सदस्य नियुक्त भएका छन् । २०८२ श्रावण २६ गते सोमबार बसेको नेपाल सरकार , मन्त्रीपरिषदको बैठकले सहकारी क्षेत्रको बारेमा राम्रो ज्ञान भएका चौलागाईलाई राष्ट्रिय सहकारी नियमन प्राधिकरणको विज्ञ सदस्य पदमा नियुक्त गर्ने निर्णय गरेको बताइएमो छ । सो प्राधिकरणको विज्ञ सदस्य पदका लागि आवेदन दिएका डा.रुपा जोशी, डा.खगराज शर्मा सहित ५ जनामध्येबाट उक्त प्राधिकरणको अध्यक्ष तथा विज्ञ सदस्य सिफारिस समितिले रमेशप्रसाद चौलागाई , नारायणप्रसाद पौडेल उपाध्याय र सहदेव बस्नेतको नाम सिफारिस गरेको थियो । अध्यक्ष र विज्ञ सदस्य दुबै पदकन लनगि आवेदन दिएका डा.खगराज शर्मा यस अघि नै सोही प्राधिकरणको अध्यक्ष पदमा नियुक्त भएर कार्य गरिरहेका छन् ।





