बचत र ऋण मुख्य कारोबार गर्ने सहकारी संघ/संस्थालाई राष्ट्रिय सहकारी नियमन प्राधिकरणले ७ बुँदे निर्देशन जारी गरेको छ । सहकारी संघ/संस्थाको वार्षिक साधारण सभालाई सदस्य केन्द्रित बनाई थप मर्यादित बनाउन र अनावश्यक फजुल खर्च हुन नदिन यो निर्देशन जारी गरिएको बताइएको छ । सहकारी ऐन र नियमावलीमा नयाँ आर्थिक वर्ष शुरु भएको छ महिनाभित्र सहकारी संघ/संस्थाले आफ्नो बार्षिक साधारण सभा सम्पन्न गरी सक्नु पर्ने प्रावधान व्यवस्था गरिएको छ।







