नेपाली कांग्रेस निर्वाचन तयारीमा तर एमाले प्रतिनिधि सभा पुनर्स्थापनाको अडानमा

महाधिवेशनको छलफल केन्द्रित गर्दै आएको नेपाली कांग्रेसले अन्तत: आउने फाल्गुण २१ गते तय भएको प्रतिनिधि सभा निर्वाचनमा भाग लिने निर्णय गरेको छ । सो पार्टीका केही नेता कार्यकर्ता प्रतिनिधि सभा पुनर्स्थापना पक्षमा देखिएपनि सो पार्टीको केन्द्रीय कार्य समितिको बैठकले शनिबार उक्त निर्वाचनमा भाग लिने निर्णय ग-यो । योसँगै निर्वाचनमा भाग लिन नेपाली कांग्रेसले निर्वाचन आयोग नेपालमा दल दर्ता गरेको छ ।

यता नेकपा (एमाले) भने बिघटित प्रतिनिधि सभा पुनस्थापनाको पक्षमा दह्रोसँग उभिएको छ । उसले शनिबार काठमााडौंंमा विरोध जुलुस र सभाको आयोजना गरि प्रतिनिधि सभा पुनर्स्थापनाको पक्षमा कडा दवाव दिएको छ । शनिबार विरोध जुलुसपछि काठमाडौंको भृकुटीमण्डपमा सम्पन्न विरोध सभालाई सम्बोधन गर्दै नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ‘ओलीले अहिलेको सुशिला कार्की नेतृत्वको सरकार असंवैधानिक भएकोले यसले घोषणा गरेको निर्वाचन संविधान सम्मत छैन । त्यसैले संविधानको रक्षाको लागि प्रतिनिधि सभा पुनर्स्थापना हुनुपर्छ’, भने तर नेकपा (एमाले)का प्रतिनिधि प्रधानमन्त्री सुशिला कार्कीले आह्वान गरेका राजनीतिक दलहरुको बैठकमा भाग लिदै आएका छन् । यसले नेकपा (एमाले) दोहोरो रणनीतिमा रहेको देखिएको छ । नेकपा (एमाले) बाहिर प्रतिनिधि सभा पुनस्र्थापनाको कुरा गरेपनिआन्तरिक रुपमा भने आउने फाल्गुण २१ गते हुने तय भएको प्रतिनिधि सभाको चुनावको तयारीमा लागेको कतिपय राजनीतिक पण्डितको भनाइ छ तर राष्ट्रिय सभाको निर्वाचनको लागि नेकपा (एमाले)ले निर्वाचन आय‍ोगमा दल दर्ता गरेपनि प्रतिनिधि सभाको निर्वाचनको लागि भने दल दर्ता गरेक‍ो छैन ।

प्रतिनिधि सभा पुनर्स्थापन भए शेरबहादुर देउवा प्रधानमन्त्री हुने !

यदी सर्वोच्च अदालतको आदेशबाछ प्रतिनिधि सभा पुनर्स्थापना भएमा नेकपा (एमाले)का अध्यक्ष तथा निबर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नभई नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा प्रतिनिधि सभाको सबैभन्दा ठूलो दलको नेताको हैसियतले प्रधानमन्त्री हुन सक्ने कतिपय राजनीतिका जानकार बताउछन् । प्रतिनिधि सभा पुनर्स्थापनाको माग गरि सर्वोच्च अदालतमा परेका रीट संवैधानिक इजालासमा विचराधीन अवस्थामा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *