नवयुवा साकोसको १८औं वार्षिक साधारण सभा सम्पन्न

ललितपुर महानगरपालिका-२०, मिखबहालमा आफनै भवनबाट सञ्चालन भइरहेको नवयुवा बचत तथा ऋण सहकारी संस्था लि.को १८औं वार्षिक साधारण सभा २०८२ मंसिर १३ गते शनिबार श्री पाटन उ.मा.वि. पाटनढोका, ललितपुरमा सम्पन्न भयो । सो संस्थाका अध्यक्ष ज्ञानीबाबु महर्जनको अध्यक्षतामा सम्पन्न साधारण सभाको सोही संस्थाका जेष्ठ शेयर सदस्य भैल महर्जनले दीप प्रज्वलन गरि उद्घाटन गर्नुभयो ।

उक्त अवसरमा सो संस्थाका प्रमख सल्लाहकार कुललाल डंगोल, सल्लाहकार तथा निबर्तमान अध्यक्ष अशोक डंगोल र सल्लाहकार तथा ललितपुर महानगरपालिका वडा नं.२० का वडाध्यक्ष चन्द्रलाल महर्जनले शुभकामना मन्तव्य व्यक्त गर्दै नवयुवा साकोस गरेको प्रगति र यसले सदस्यहरुलाई प्रवाह गरेको सेवाप्रति प्रशन्नता व्यक्त गर्नुभयो । विभिन्न साँस्कृतिक कार्यक्रम गरि सम्पन्न भएको सााधारण सभाको अध्यक्षता गरेका त्यसै संस्थाका अध्यक्ष महर्जनले ‘यस संस्थालाई सफलतापूर्वक १८औं वार्षिक साधारण सभा सम्पन्न गर्ने अवस्थासम्म ल्याईपु-याउन आ-आफ्नो ठाउँबाट साथ सहयोग गर्नु हुने सबैैलाई ज्ञापन गर्दछु’, भन्नुभयो । उहाँले संस्थाको गतिविधि ,भावी कार्यक्रम , नवयुवा बचत तथा ऋण सहकारी संस्था । अन्य सहकारी संस्थाहरु बीचको भिन्नता र सदस्यहरुले सहकारी संस्थाप्रति राख्नु पर्ने चासोको बारेमा प्रकाश पार्दै राष्ट्रिय सहकारी नियमन प्राधिकरणले नियमित बचत सहितका विषयमा बारे जारी गरेको सूचना र निर्देशन बारेमा जानकारी गराउनुभयो ।

सो संस्थाकी उपाध्यक्ष नविना महर्जन डंग‍ोलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको साधारण सभामा सो संस्थाकी सचिव सविना महर्जनले संंस्थाको आ.व.२०८१/०८२ को प्रगति प्रतिवेदन तथा आ.व.२०८२/०८३ भावी नीति, योजना तथा कार्यक्रम,

कोषाध्यक्ष विमला महर्जनले संस्थाको आर्थिक प्रतिवेदन र आ.व.२०८२/०८३ को प्रस्तावित बजेट र लेखा सुपरीवेक्षण समिति संयोजक जीवन महर्जनले संस्थाको आ.व.२०८१/०८२ को लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्नुभयो । शेयर सदस्यहरु बीच छलफल भई आ.व.२०८१/०८२ को संस्थाले आर्जन गरेको मुनाफाबाट शेयर सदस्यहरुलाई ६.७७ प्रतिशत लाभांश वितरण गर्ने.निर्णय सहित ती प्रस्तावहरु साधारण सभाबाट पारित गरियो ।

त्यस अवसरमा संस्थामा वर्षभरी उत्कृष्ट कारोबार गरेका सो संस्थाका शेयर सदस्य माइला महर्जनलाई वर्ष सदस्य सम्मान, जेष्ठ सदस्यद्वय तीर्थ डंगोल र रत्नमाया डंगोललाई जेष्ठ नागरिक सम्मानलर शेयर सदस्यहरु देवी डंगोल, रीना महर्जन र रेष्मा महर्जनलाई उत्कृष्ट बचतकर्ता सम्मान, शेयर सदस्यहरु गजेन्द्रलाल श्रेष्ठ, लीना डंगोल र लुच्चीशोभा बज्राचार्यलाई उत्कृष्ट ऋणकर्ता सम्मान र कर्मचारी सम्झना बलामी डंग‍ललाई उत्कृष्ट कर्मचारी सम्मानबाट सम्मानित गरियो । त्यसैगरी विभिन्न बाजा खल:लाई मायाको चिनो प्रदान गरि सम्मानित गरियो । शेयर सदस्यहरुको उत्साहजनक उपस्थिति रहेको साधारण सभाको खुल्ला-सत्रको सञ्चालन संस्थाक‍ी सचिव सविना महर्जन र बन्द-सत्रको सञ्चालन सञ्चालक शोभा महर्जन डंगोलले गर्नुभयो थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *