डेड महिनासम्म चलेको लामो बहस, छलफल र रस्साकस्सीपछि अन्तत: नेपाली कांग्रेसको १५औ महाधिवेशन आगामी पुस २६,२७ र २८ गते हुने भएको छ । सोमबार बसेको नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठकले सर्वसम्मतिबाट उक्त निर्णय गरेको सोही पार्टीका प्रवक्ता डा.प्रकाशशरण महतले सञ्चारकर्मीलाई बताउनुभयो । उहाँले यही मंसीर २० गतेभित्रै नयाँ क्रियाशील सदस्यता केन्द्रबाट वितरण गरी सक्ने, जिल्ला, प्रतिनिधि सभा निर्वाचन क्षेत्र हुदै वडासम्मको नयाँ क्रियाशील सदस्यताको आवेदन फारम पठाउनु पर्ने अवधि २०८२ मंसीर २४ गते ,पुस ८ गतेसम्ममा क्रियाशील सदस्यताको कार्य सक्ने, क्रियाशील सदस्यता प्रारम्भिक छानविन समितिले गरेको निर्णय उपर परेको पुनरावेदन र क्रियाशील सदस्यता केन्द्रीय छानविन समितिमा क्रियाशील सदस्यताको नयाँ र नवीकरण सम्बन्धी परेको उजुरी उपर निर्णय गरि क्रियाशील सदस्यताको नयाँ र नवीकरणको अन्तिम सूची तयार गरि केन्द्रीय सभापति र कार्यान्वयन सभापतिलाई बुझाउने र क्रियाशील सदस्यता वितरण गर्दा -समावेशिता, नव युवा पुस्ता र अन्य पार्टीबाट नेपाली कांग्रेसमा प्रवेश गरेकाहरुलाई क्रियाशील सदस्यता दिने व्यवस्था गर्ने निर्णय भएको बताउनुभयो । उहाँले विदेशस्थित जनसम्पर्क समितिबाट पनि नेपाली कांग्रेसको महाधिवेशनमा प्रतिनिधित्व अुने भएकोले २०८२ पुस १५ गतेसम्मा जनसमपर्क समितिको अधिवेशन गरि सक्नु पर्ने, केन्द्रीय महाधिवेहन मातहतका गाउँ ,नगर र वडा अधिवेशन २०८२ पुस १६ गते , गाउँ र नगरपालिका समितिको अधिवेशन २०८२ पुस १७ गते,, प्रदेश सभा निर्वाचन क्षेत्रीय समितिको अधिवेशन २०८२ पुस १९ गते , प्रतिनिधि सभा निर्वाचन क्षेत्रीय समिति र प्रतिनिधि सभाको एक मात्र निर्वाचन क्षेत्र भएको जिल्लाको जिल्ला अधिवेशन २०८२ पुस २१ गते , प्रतिनिधि सभाको १ भन्दाबढी निर्वाचन क्षेत्र भएको जिल्लाको जिल्ला अधिवेशन २०८२ पुस २२ गते र ७ वटै प्रदेश समितिको अधिवेशन २०८२ पुस २३ र २४ गते गर्ने गरि निर्णय भएको जानकारी दिनुभयो ।
महाधिवेशन सम्बन्धी आशंका कायमै
डेड महिनासम्म आगामी फाल्गुण २१ गते तय भएको प्रतिनिधि सभाको निर्वाचन पछि पार्टीको नियमित १५औं महाधिवेशन गर्ने कि सो चुनाव अगाबै पार्टीको विशेष महाधिवेशन गर्ने भन्ने विषयमा डेड महिनासम्म रस्साकस्सीपछि बल्ल सोमबार बसेको नेपाली कांग्रेसको केन्द्रीय मार्य समितिको बैठकले १५औं महाधिवेशनको सो मिति तय ग-यो तर महाधिबेशन गर्ने समय छोटो भएको र अहिलेसम्म पार्टीको नयाँ क्रियाशील सदस्यता वितरण र क्रियाशील सदस्यता नवीकरण भइनसकेको र केन्द्रीय महाधिवेशन मातहतका निकायको अधिवेशन भइनसकेकोले घोषित मितिमा यो महाधिवेशन सम्भव होला त भनेर आशंका गर्न सक्ने अवस्था रहेको कतिपयको बुझाई रहेको देखिन्छ तर नेपाली कांग्रेसका महामनत्री विश्वप्रकाश शर्मा यो महाधिवेशन निर्धारित समयमै हुने र महाधिबेशनको तयारीसँगै आउदो फाल्गुण २१ गते हुने तय भएको प्रतिनिधि सभाको निर्वाचनको तयारीका काम पनि पार्टीले गर्ने बताउनुहुुनछ ।





