दक्षिण बाराही महिला बचत तथा ऋण सहकारी संस्था लि.ले यही पुस १६ गतेबाट आफ्ना शेयर सदस्यहरुलाई शेयर लाभांश वितरण गरिरहेको जनाएको छ । सो संस्थाकी व्यवस्थापक दीपा क्षेत्रीले यस संस्थाको २७औं वार्षिक साधारण सभाले शेयर सदस्यहरुलाई ८.५ प्रतिशत शेयर लाभांश वितरण गर्ने निर्णय गरे बमोजिम शेयर सदस्यहरुलाई यस संस्थाबाट शेयर लाभांश वितरण गर्न कार्य भइरहेको बताउनुभयो । उहाँले ‘विगतका वर्षहरुमा झै यो वर्ष पनि आउदो माघ महिनामा यस संस्थाले सदस्यहरुलाई तीर्थ भ्रमणमा लैजाने गरि कार्य भइरहेको छ’, भन्नुभयो ।

२०८२ मंसिर २७ गते भक्तपुरको शंखधरचोकस्थित यचु पार्टी भेन्युमा सोही संस्थाकी अध्यक्ष निर्जला ढुंगेल दाहालको अध्यक्षता सम्पन्न भएको सो संस्थाको २७औं वार्षिक साधारण सभाको उक्त संस्थाकी ९२ वर्षीय जेष्ठ शेयर सदस्य गंगादेवी ढुंगेलले दीप प्रज्वलन गरि उदघाटन गर्नुभएको थियो ।
साधारण सभाको अध्यक्षता गर्दै त्यस संस्थाकी अध्यक्ष ढुंगेलले “समुदायमा बसोबास गर्नुभएका दिदी बहिनीहरुको आर्थिक, सामाजिक र सांस्कृतिक परिवर्तनको लागि दक्षिण बाराही” भन्ने मुल नारा लिई आजभन्दा २७ वर्ष अगाडि विधिवत रुुुपमा दर्ता भई स्थापना भएको हाम्रो यो संस्थाले निरन्तर रुपमा शेयर सदस्यहरुमा सेवा पु-याउदै आएको बताउनुभएको थियो । सहकारी सञ्चालनको सिद्धान्त, मूल्य, मान्यता, सहकारी ऐन , नियमावली तथा मापदण्डको पालना गरि शेयर सदस्यहरुको हित र सम्बृद्धिमा प्रतिबद्ध रहदै निरन्तर संस्थाको उद्देश्यलाई पूरा गर्न ‘एकका लाागि सबै र सबैका लागि एक ‘भएर व्यक्तिले नभइकन नीति, विधि र प्रविधिले संस्था सञ्चालन हुनुपर्छ भन्ने अवधारणा बनाएको बताउदै उहाँले ‘यस सहकारी संस्थाले स्थापनाकालदेखि नै सदस्यहरुलाई नियमित रुपमा बचत गर्ने बानी बसाली भविष्य निर्माण गर्ने र सदस्यहरुबाट सञ्चालित बचत रकमलाई सदस्यहरुमा लगानी गरि उहाँहरुको आर्थिक स्तर उकास्न विभिन्न रोजगारीको अवसर सृजना गर्नृ र ऋणीबाट उद्यमी बनाउने प्रयास गर्दै आइरहेको छ’. भन्नुभएको थियो ।
राष्ट्रिय सहकारी नियमन प्राधिकरणको निर्देशन अनुरुप सम्पन्न भएको साधारण सभामा सो संस्थाकी सचिव पार्वती घिमिरे भण्डारीले संस्थाको सञ्चालक समितिको तर्फबाट वार्षिक प्रतिवेदन, कोषाध्यक्ष तारा खतिवडा सापकोटाले संस्थाको आर्थिक प्रतिवदन र लेखा सुपरीवेक्षण समिति संयोजक सृजना थापा खड्काले संस्थाको लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । शेयर सदस्यहरु बीच छलफल गरि साधारण सभाबाट ती प्रतिवेदन पाारित गरिएको थियो ।
साधारण सभाले कविता सापकोटा ढुंगेलको अध्यक्षतामा सो संस्थाको सञ्चालक समिति र तुलसा पुरीको संयोजकत्वमा लेखा सुपरीवेक्षण समिति सर्वसम्मत चयन गरेको थियो । ४ वर्षे कार्यकाल रहने उक्त सञ्चालक समितिको उपाध्यक्षमा शारदा थापा, सचिवमा तारा खतिवडा सापकोटा, कोषाध्यक्षमा निर्जला ढुंगेल दाहाल र सदस्यमा पार्वती घिमिरे भण्डारी, रीता के.सी., भगवती पोखरेल ढुंगेल, चण्डिका थापा र मधुमाया श्रेष्ठ तथा लेखा सुपरीवेक्षण समिति सदस्यमा सृर्जना थापा खड्का र मीरा बस्नेत चयन हुनुभएको छ ।
संस्थाका ८७ प्रतिशत शेयर सदस्यहरुको सहभागिता रहेको त्यस साधारण सभामा त्यसै संस्थाका जेष्ठ शेयर सदस्यहरु लक्ष्मी ढुंगेल, सीतादेवी शर्मा, राजकुमारी खनाल क्षेत्री, तुलसी थापा, युरोपकुमारी उप्रेती र कान्छी न्यौपानेलाई जेष्ठ सदस्य सम्मानबाट सम्मानित गरिएको थियो । यसैगरी शेयर सदस्यहरु गीता खत्री,कविता गौतम र शर्मिला छ्वालेलाई एकल तथा स्वनिर्भर, शेयर सदस्य, मुना ढुङ्गेललाई अधिकतम सेयर सदस्य, बाल सदस्य बरुण ढुंगेललाई बाल बचत, बाल सदस्यद्वय प्रशंसा पौडेल र प्रिन्सा शर्मालाई बालिका बचत, शेयर सदस्य मीना श्रेष्ठलाई ऐच्छिक बचत, शेयर सदस्य, शान्ता आचार्यलाई खुत्रुके बचत, शेयर सदस्य भीमकुमारी खड्कालाई आवधिक बचत, शेयर सदस्य मीनकुमारी भण्डारीलाई दैनिक बचत, शेयर सदस्य पवित्रा श्रेष्ठलाई चाडपर्व बचत, शेयर सदस्य सानुमाया जिरेललाई असल बचत र शेयर सदस्य अस्मिता कार्कीलाई असल ऋणी पुरस्कारबाट सम्मान गरिएको थियो । यस्तै सदस्य वृद्धितर्फ शेयर सदस्यहरु तारा शिव भक्ति, दुर्गा माया श्रेष्ठ र मुना कार्कीलाई पुरस्कृत गरि सम्मान गरिएको थियो भने सक्रिय उप-समितितर्फ ऋण उप-समितिलाई सम्मान गरिएको थियो । त्यस्तै माध्यमिक शिक्षा परीक्षा (SEE) सम्मानबाट बालतर्फ अभिषेक बस्नेत, बिरोज खत्री र हिमबहादुर गहतराज तथा बालिकातर्फ सुप्रिया चौलागाईं,सरिता बाईजु र सुमिका के.सी.लाई सम्मान गरिएको थियो । त्यस्तैगरी ॐ समाज अस्पताल, यचु पार्टी भेन्यू तथा निर्वाचन समिति संयोजक कृष्णबहादुर खड्का , सदस्य तथा सूर्यविनायक नगरपालिका सहकारी शाखाकी कर्मचारी कल्पना श्रेष्ठ र सदस्य रमिला दवाडी ढुंंगेललाई कदर-पत्र प्रदान गरि सम्मान गरिएको थियो ।





