भक्तपुर जिल्ला बचत संघको आयोजनामा संचालकको क्षमता अभिबृद्धि तालिम सम्पन्न


भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को आयोजना र बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि.को प्राविधिक सहयोगमा एक दिवसीय सञ्चालकको क्षमता अभिबृद्धि तालिम होटेल यचु, कमलविनायक, भक्मातपुरमा २०८२ माघ २४ गते शनिबार सम्पन्न भयो ।
सो तालिम समापन कार्यक्रममा मन्तव्य व्यक्त गर्दै भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष हरिकृष्ण बल्लले

सहकारी नियमानुसार नयाँ सञ्चालक निर्वाचित भएको तीन महिनाभित्र सञ्चालकको क्षमता अभिवृद्धि तालिम राख्नुपर्ने व्यवस्था अनुसार यो तालिमको आयोजना गरिएको बताउनुभयो । उहाँले सहकारी अभियानलाई सुधार गर्न हालको परिस्थितिमा नेतृत्व रुपान्तरणको आवश्यकता रहेको विचार व्यक्त गर्नुभयो । उहाँले सहकारी संस्थामा सञ्चालकको सुशासनको कमीकमजोरीका कारण अभियान सहकारी बदनाम भइरहेकोले सञ्चालकहरु सुशासनमा बस्नुको विकल्प नरहेको बताउनुभयो । सञ्चालकको क्षमता अभिबृद्धि तालिमले जिल्लाको सहकारी अभियान सुदृढ बनाउन सहयोग पु-याउने उहाँको भनाइ थियो ।
कार्यक्रममा मन्तव्य व्यक्त गर्दै बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि.को प्रमुख कार्यक्रम अधिकृत केशवप्रसाद दाहालले सहकारीमा हाल नेतृत्वकै खडेरी परेको बताउदै भविष्यका लागि उत्तराधिकारी योजना बनाउनुपर्ने विचार राख्नुभयो ।
भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का सचिव कान्छाभक्त घजुले सो कार्यक्रम सञ्चालन गर्दै तालिम कार्यक्रमले नयाँ ज्ञान हासिल गर्ने अवसर मिलेको बताउनुभयो । सो कार्यक्रममा सोही संघका सञ्चालक समिति र लेखा सुपरीवेक्षण समितिका पदाधिकारी एवम् सदस्यहरु तथा व्यवस्थापकीय कर्मचारीहरु समेत गरी १५ जनाको सहभागिता रहेको थियो ।

अनुपालना अधिकारीको क्षमता विकास तालिम सम्पन्न


भक्तपुर, २०८२ माघ २३ गते, भक्तपुर जिल्लाबचत तथा ऋण सहकारी संघ लि.को शिक्षा तथा संस्थागत विकास उप-समितिको आयोजना र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.को प्राविधिक सहयोगमा एक दिने अनुपालना अधिकारीको क्षमता विकास तालिम रोयल थाई हस्पिटालिटी, राधेराधे, भक्तपुरमा २०८२ माघ २३ गते शुक्रबार सम्पन्न भयो ।
तालिम समापन कार्यक्रमलाई सम्बोधन गर्दै भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष हरिकृष्ण बल्लले सहकारीलाई जारी निर्देशनहरुको कार्यान्वयन तहसम्म पुग्न र पु-याउन सहकारी अभियान र नियामक निकाय मिलेर अघि बढ्नुको विकल्प नभएको विचार व्यक्त गर्नुभयो । सहकारीले गरेका सकारात्मक परिवर्तनलाई संस्थागत गरी सहकारी योगदानको लेखाजोखामा कमजोरीका कारण सहकारीप्रति गलत सन्देश फैलिरहेको उहाँले बताउनुभयो । सहकारी संस्थामा ऐन, कानुन र विनियमको परिपालनालाई भन्दा पनि व्यवहारलाई प्राथमिकता दिदाँ समस्या बढेको उहाँले बचत तथा ऋणको मुख्य कारोवार गर्ने सहकारी संस्थाहरु राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा दर्ता अभिलेखीकरण समयमै गर्न र सम्पत्ति शुद्धिकरण निवारणका व्यवस्थाहरु प्रभावकारी ढंगबाट पालना गर्न समेत अनुरोध गर्नुभयो ।
यसैगरी सोही संघका सचिव कान्छाभक्त घजुले सहभागीहरुलाई धन्यवाद दिदैं सहकारी अभियानको दिगो विकासका लागि सहकारी मैत्री ऐन नियमको पारिपालना गर्नुपर्ने बताउनुभयो ।
त्यस्तैगरी सो संघका प्रमुख कार्यकारी अधिकृत बालकृष्ण धोंजूले कार्यान्वयन अधिकारीलाई कार्यान्वयन अधिकारीको मात्र कार्य विवरण नदिईकन समग्र सहकारीकै कार्यविवरण समेटिँदा कार्यान्वयन अधिकारीको कार्य ओझेलमा पर्न गएको बताउनुभयो । उहाँले नेपाललाई ग्रे लिष्टबाट अपग्रेड गर्नको लागि सरकारले विभिन्न नीतिहरु अवलम्बन गर्दै आएको छ र त्यसको लागि हामीले पनि आफ्नो दायित्व पुरा गरी सहयोग गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । सहकारीमा अनुपालना अधिकारीले मात्र सम्पत्ति शुद्धिकरण निवारणको बारेमा सुसूचित भएर पुग्दैन भन्दै उहाँले सहकारीका सञ्चालक र सदस्यले पनि यस विषयमा तालिम लिनुपर्ने खाँचो औंल्याउनुभयो ।
उक्त तालिम नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.को कार्यक्रम अधिकृत शौभाग्य भट्टराईले सहजीकरण गर्नुभएको थियो । तालिममा सो संघमा आवद्ध संस्थाहरुमध्ये ४७ जना अनुपालक अधिकारीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रम उक्त संघका उप-समितिक सदस्य प्रकाश बास्तोलाले सञ्चालन गर्नुभएको थियो । सदस्य संस्था जनकल्याण बचत तथा ऋण सहकारी संस्था लि.का व्यवस्थापक अर्जुनकुमार बस्नेत र चमेली कल्याणकारी बचत तथा ऋण सहकारी संस्था लि.का कर्मचारी यमुना फुँयालले अनुपालक अधिकारीहरुको काम, कर्तव्य र अधिकारका साथै न्यब्m िको प्रयोगात्मक प्रशिक्षण समेत भएकोमा खुशी व्यक्त गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *