राष्ट्रपति रामचन्द्र पौडेलले आज फाल्गुण २१ गते सम्पन्न प्रतिनिधि सभाको निर्वाचनबाट निर्वाचित प्रतिनिधि सभाका उमेरले जेष्ठ सदस्य अर्जुननरसिंह के.सी.लाई पद तथा गोपनियताको सपथ गराउनु हुने भएको छ । विहान ११:१५ बजे काठमाडौंको महाराजगञ्जस्थित राष्ट्रपति कार्यालय शीतल निवासमा सो सपथ ग्रहण गराउने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले जनाएको छ । उक्त सपथ ग्रहण कार्यक्रममा उपस्थितिको लागि राष्ट्रपति कार्यालयले संघीय संसदका महासचिव लगनयतलाई आमन्त्रण गरेको जनाइएको छ । जेष्ठ सांसद के.सी. समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित नेपाली कांग्रेसका सांसद हुनुहुन्छ । भोलि सांसद के.सी.ले प्रतिनिधि सभाका नवनिर्वाचित सदस्यहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराउने कार्यक्रम रहेको संघीय संसद सचिवालयले जनाएको छ । प्रतिनिधि सभाबाट सभामुख निर्वाचित नहुदासम्म जेष्ठ सदस्यको हैसियतले सांसद के.सी.ले प्रतिनिधि सभाको बैठकको अध्यक्षता गर्नु हुने छ ।
बालेन्द्र साह शुक्रबार प्रधानमन्त्री बन्ने
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद बालेन्द्र साहले यही चैत्र १३ गते राष्ट्रपति रामचन्द्र पौडेलबाट राष्ट्रपति कार्यालय शीतल निवासमा प्रधानमन्त्रीको पद तथा गोपनीयताको सपथ ग्रहण गर्ने बताइएको छ । भोलि सांसद पदको पद तथा गोपनियताको सपथ ग्रहण गरे लगत्तै रास्वपाले सांसद साहलाई आफ्नो संंसदीय दलको नेता बनाउने बताइएको छ ।
गत फाल्गुण २१ गतेको प्रतिनिधि सभाको निर्वाचनमा रास्वपाल ेआफ्ना बरिष्ठ नेता बालेन्द्र साहलाई प्रधानमन्त्री घोषणा बनाउने घोषणा गरि चुनावमा भाग लिएको थियो ।
गत फाल्गुण २१ गते सम्पन्न प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधि सभामा रास्वपाका (१२५+५७) १८२, नेपाली कांग्रेसका (१८+२०)३८, नेकपा (एमाले)का (९+१६) २५, नेपाली कम्युनिष्ट पार्टीका (८+९)१७, श्रम संस्कृति पार्टीका (३+४)७, राप्रपाका (१+४)५ र स्वतन्त्र १ जना सदस्य निर्वातित भएका थिए ।





