शुभश्री साकोसको आयोजनामा नि:शुल्क आँखा,दात तथा स्वास्थ्य परीक्षण शिविर सम्पन्न

भक्तपुर/ भक्तपुरको मध्यपुर थिमि नगरपालिका-४, शंखधरचोकमा रहेको शुभश्री बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा यही जेठ २८ गते शनिबार एक दिवसीय नि:शुल्क आँखा , दात तथा स्वास्थ्य परीक्षण शिविर-२०७९ सम्पन्न भयो । शंखधरचोक स्थित पार्टी भेन्यूमा सम्पन्न सो शिविरमा ११३ जनाको आँखा , ६३ जनाको दाँत र ४७ जनाको सामान्य स्वास्थ्य परीक्षण गरिएको थियो । आयोजक शुभश्री बचत तथा ऋण सहकारी संस्था लि.का शेयर सदस्य , कर्मचारी र स्थानीयक्षसमुदायका लागि आयोजना गरिएको त्यस शिविरमा शंखधरचोकमा रहेका सिटी आई केयर , डेण्टो केयर नेपाल र शंखधर फार्मेसीको प्राविधिक सहयोग रहेको थियो । उक्त शिविरमा परीक्षण गरिएका आँखाका विरामीलाई सिटी आई केयरमा र दाँतका विरामीलाई डेण्टो केयरमा विशेष छुटमा उपचारको व्यवस्था गरिएको आयोजकको भनाई छ । सामाजिक उत्तरदायित्व अन्तर्गत सञ्चालन गरिएको त्यस शिविरको सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने सबैलाई शुभश्री बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष ज्ञानकृष्ण श्रेष्ठले धन्यबाद ज्ञापन गर्नुभयो ‌‌।

निरन्तर प्रगतिपथमा अगाडि बढिरहेको शुभश्री बचत तथा ऋण सहकारी संस्था लि.को शेयर सदस्य संख्या २,६५१, शेयर पूँजी रु.४,६७,२१,६०० , निक्षेप संकलन रु.३२,३७,७८,७९७, कर्जा लगानी रु.२४,५८,२५,६२८ र कूल कारोबार रु.४३,४६,९२,५५१ रहेको बताइएको छ ‌

Leave a Reply