आगामी साउन १ गतेबाट सार्वजनिक निकायबाट हुने भुक्तानी विद्युतीय प्रणालीबाट हुने

यही आउदो साउन १ गतेबाट सार्वजनिक निकायबाट हुने भुक्तानी विद्युतीय प्रणालीबाट हुने भएको छ । आज अर्थ मन्त्रालयले सबै मन्त्रालय,/आयोग/सचिवालय/कार्यालय, नेपाल राष्ट्र बैंक , नेपाल बीमा प्राधिकरण, नेपाल धित‍पत्र बोर्ड, नेपाल दूूूरसञ्चार प्राधिकरण,,सार्वजनिक संस्थानहरु, सबै र ब‍‍‍ोर्ड/समिति/प्रतिष्ठानहरु, सबैलाई लेखेको पत्रमा आगामी साउन १ गतेबाट सरकारी निकायले गर्ने भुक्तानी विद्युतीय प्रणालीबाट अनिवार्य गर्नु पर्ने उल्लेख छ ।

यही असार ३२ गते गोदाबारी नगरपालिका वडा नं.१४ ले अति आवश्यक सेवा मात्र सञ्चालन गर्ने

ललितपुरको गोदाबारी नगरपालिका १४ नं. वडा कार्यालयले यही असार ३२ गते अति आवश्यक सेवा बाहेकका सबै सेवा सञ्चालन नगर्ने भएको छ । सो वडा कार्यालयले जारी गरेको राजश्व संकलन बन्द गर्ने सम्कन्धी सूचनामा उक्त विषय उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *