–खेमराज खतिवडा
नेप्से आज २,९३१.६५ अंकमा पुगेर रोकिएको छ । यो पछिल्ला केही वर्षयताकै उच्च नयाँ कीर्तिमान हो । हिजोको तुलनामा ७०.८१ अंकले बढेको शेयर बजारमा रु.२७.२४ अर्ब कारोबार भएर पछिल्ला केही वर्षयता कारोबार रकममा पनि नयाँ कीर्तिमान बनेको छ । आज सबैजसो स्टकमा हरियाली देखिएपनि विकास बैंक, फाइनान्स र लाइफ इन्स्योरेन्सका लगानीकर्ताहरुले सर्बाधिक कमाएका छन् । ठूला लगानीकर्ताहरु शेयर बजारमा भित्रिएकाले नेप्सेमा उच्च अंकले बुद्धि भएको जानकारहरु बताउछन् ।





