राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष प्रा.डा. विश्वनाथ पौडेल नेपाल राष्ट्र बैंकको १८औं गभर्नरमा नियुक्त भएका छन् । उप-प्रधानमन्त्री तथा अर्थ मन्त्री विष्णुप्रसाद पौडेल नेतृत्वको गभर्नर नियुक्ति सिफारिस समितिले पहिलो नम्बरमा सिफारिस गरेको प्रा.डा. पौडेललाई आज अपरान्ह बसेको नेपाल सरकार, मन्त्रीपरिषद बैठकले नेपाल राष्ट्र बैंकको गभर्नरमा नियुक्त गरेको बताइएको छ ।
आजै गभर्नर सिफारिस समितिले प्रा.डा. पौडेललाई पहिलो नम्बरमा, कायममुकायम गभर्नर निलम ढुंगानालाई दोश्रो नम्बरमा र प्रधानमन्त्री तथा मन्त्रीपरिषदका पूर्व सचिव दिनेश भट्टराईलाई तेश्रो नम्बरमा सिफारिस गरेको थियो ।





