फेरि बढ्यो पेट्रोल , डिजेल र मट्टितेलको मुल्य , स्वचालित मुल्य प्रणाली कुरामै सिमित

गएकौ मध्यरातबाट पेट्रोल , डिजेल र मट्टितेलमा प्रति लीटर रु.३ का दरले मुल्य बृद्धि भएको छ , जस अनुसार पेट्रोलको प्रति लीटर मुल्य रु.१७८ तथा मट्टितेल र डिजेलको प्रति लीटर मुल्य रु.१७५ कायम भएको नेपाल आयल निगम लि.ले जनाएको छ ।

नेकपा (माके) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा नयाँ सरकार बनेको केही दिनमा पेट्रोल , डिजेल र मट्टितेलमा प्रति लीटर रु.३ का दरले मुल्य घटाएको थियो ।

गोपालबहादुर खड्का कार्यकारी निर्देशक हुदा नेपाल आयाल निगम लि.ले पेट्रोलियम पदार्थमा स्वचालित मुल्य प्रणाली लागू गरेका थिए तर उनी नेपाल आयल निगम लि.बाट बाहिरिएसँगै अलिअलि गर्दै अन्तत: नेपाल आयल निगम लि.ले पेट्रोलियम पदार्थको स्वचालित मुल्य प्रणाली हटाएको थियो । यसले नेपाल आयल निगम लि.ले पेट्रोलियम पदार्थमा स्वचालित मुल्य प्रणाली लागू गर्नु पर्ने उपभोक्ताहरुको चाहना पूरा हुन सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *