नेपाल प्रहरीको केन्द्रीय अनुुसन्धान व्यु्रो (CIB)ले प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (CEO) अशोक शेरचनलाई गलत कार्य गरि प्रभु बैंकलाई हानी नोक्सानी पु-याएको अभियोगमा नियन्त्रणमा लिएसँगै उनलाई सो गलत काम गर्न सघाएको आरोपमा गुण एयरलाइन्सका सञ्चालक राजेन्द्र शाक्यलाई पक्राउ गरि अनुसन्धान शुरु गरेको जनाएको छ । ललितपुर जिल्ला अदालतको अनुमतीले उनलाई पक्राउ गरेको उक्त व्युरोले जनाएको छ ।






