अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा पूर्व प्रधानमन्त्री माधव नेपाल विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्धा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूतपूर्व प्रधानमन्त्री तथा तत्कालीन नेकपा (एमाले)का नेता एवं नेकपा (एस)का अध्यक्ष माधवकुमार नेपाल सहित ९३ जना विरुद्ध पतञ्जली योगपीठ तथा आयुर्वद कम्पनीको जग्गा खरिद विक्री गर्दा भ्रष्टाचार गरेको आरोपमा आज विशेष अदालतमा मुद्धा दायर गरेको छ । यो मुद्धा दायर भएसँगै सँगै पूर्व प्रधानधामन्त्री नेपालको सांसद पद निलम्बन भएको छ । २०६६ सालमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको गठबन्धन सरकार ढलेपछि प्रधानमन्त्री बनेका तत्कालीन नेकपा (एमाले) का नेता नेपाल नेतृत्वको गठबन्धन सरकारले काभ्रेपलाञ्चोकको साँगा नासिकास्थानस्थित महेन्द्रज्योतिमा पतञ्जली योग पीठ तथा आयुर्वेद कम्पनीलाई य‍ोगशाला, अस्पताल, जडिबुटी सम्बर्द्धन तथा उद्योग सञ्चालन गर्न हदबन्दी भन्दा ५५४ रोपनी ५ आना १ पैसा बढी जग्गा खरिद गर्न र त्सको केही समयपछि हदबन्दी छुटको जग्गा विक्री गर्न अनुमती दिएर आर्थिक अनियमितता गरेको आर‍ोप लगायएर मुद्धा दायर भएको बताइएको छ । सीपी मैनाली नेतृतवो नेकपा (माले)का नेता समेत रहेका सो सरकारका भूमिसुधार मन्त्री डम्बर श्रेष्ठको प्रस्तावमा त्यो बेलाको मन्त्रीपरिषदले उक्त अनुमती दिएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *