अन्तत: रामकुमारी झाक्री,किसन श्रेष्ठ सहित २१ जना नेकपा (एमाले) प्रवेश

अन्तत: बिघटित नेकपा (एस) नेतृ रामकुमारी झाक्री, नेता कृष्णकुमार श्रेष्ठ (किसन) सहित २१ जना आज नेकपा (एमाले) प्रवेश गरेका छन् । काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृहमा आयोजित नेकपा (एमाले)को घर फर्क राष्ट्रिय अभियानको शुभरम्भ कार्यक्रममा उनीहरुलाई नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर प‍ोखरेल लगायतले स्वागत गरेका थिए ।

झाक्री र श्रेष्ठसँगै बिघटित नेकपा (एस)का केन्द्रीय सदस्यहरु गम्भिरलाल श्रेष्ठ, पिताम्बर तिमिल्सिना, राजाराम स्याङ्तान , बबि चाम्लिङ, ध्रुव विष्ट, नवराज पौडेल, अर्जुन राई र अम्बिका राई, राष्ट्रिय परिषद सदस्य केदारप्रसाद गौतम, प्रदेश समिति सदस्यहरु डा.साबित्रीदेवी न्यौपाने, उत्तमदेवी श्रेष्ठ,केशव सापकोटा,शत्रुघ्न बस्नेत,र सोमित राई सहित सरु मिश्र उप्रेती,सन्तोष कुसुहवा, रामबाबु पट्टेल, प्रेम सिंह र विराज मान नेकपा (एमाले) प्रवेश गरे । त्यस अवसरमा उनीहरुले नेकपा (एमाले)का अध्यक्ष ओलीलाई कलम उपहार प्रदान गरि सांकेतिक रुपमा बिघटित नेकपा (एस) चुनाव चिन्ह कलम नेकपा (एमाले)लाई बुझाएको घोषणा गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *