आजबाट एसईई शुरु हुदै, उत्तरपुस्तिका परीक्षा केन्द्रमै जाचिने

आजबाट यो वर्षको माध्यमिक शिक्षा परीक्षा (SEE) शुरु हुदैछ । यही चैत्र २९ गते सम्पन्न यो परीक्षा १,९६६ वटा परीक्षा केन्द्रबाट देशभरा एकसाथ हुदैछ । ११,३७९ वटा माध्यमिक विद्यालयका नियमिततर्फ ४,४१,५६६ र ग्रेड वृद्धितर्ट ७०,८५५ गरी ५,१२,४२१ जना विद्यार्थीले एसईई परीक्षा सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । जसमा छात्रा २,५७, ६१३ जना, छात्र २,५४, ८०१ र अन्य ७ जना रहेको जनाइएको छ । यो परीक्षामा विगतमा झै यस वर्ष पनि जापानको एक परीक्षा केन्द्रबाट २३ जना परीक्षार्थी सहभागी हुने बताइएको छ ।

विहान ८ बजेदेखि शुरु यो यो परीक्षा अन्तरगत आज अनिवार्य अंग्रेजी विषयको परीक्षा हुदैछ । त्यसैगरी चैत्र २० गते अनिवार्य नेपाली, चैत्र २२ गते अनिवार्य गणित,चैत्र २३ गते विज्ञान तथा प्रविधि, चैत्र २४ गते सामाजिक, चैत्र २५ गते ऐच्छिक प्रथम खण्डका सबै विषय, चैत्र २६ गते ऐच्छिक खण्डका सबै विषय र चैत्र २७,२८ र २९ गते प्राविधिक धारका वाँकी रहेका विषयको परीक्षा हुने छ ।

यस वर्ष सम्बन्धित परीक्षा केन्द्रमै परीक्षार्थीको उत्तरपुस्तिका परीक्षण गरिने व्यवस्था गरिएको राष्ट्रिय परीक्षा बोर्डको भनाई छ । परीक्षरण गरिएका उत्तरपुस्तिका नम्कर सहित सिल गरि ग‍ोप्य परीक्षा इकाईमा परीक्षा सकिएको ३ दिनभित्र पठाई सक्नु सक्नु पर्ने बताइएको छ । ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *