प्रतिनिधि सभाको उप-सभामुख पदका लागि श्रम संस्कृति पार्टीकी सांसद रुवीकुमारी ठाकुर र राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद सरस्वती लामाको उम्मेद्वारी परेको छ । आज विहान ११ बजेदेखि अपरान्ह २ बजेसम्मको निर्धारित समयमा सांसदद्वय ठाकुर र लामाको मात्र उम्मेद्वारी परेको संघीय संसद सचिवालयले जनाएको छ । सभामुख सहित १८२ जना सांसद रहेको रास्वपाले समर्थन गरेकाले २५ वर्षीय सांसद ठाकुर उप-सभामुख पदमा विजयी हुने निश्चित भएको छ । यसै गरि १७ जना सांसद रहेको नेपाली कम्युनिष्ट पार्टीटी पनि सांसद ठाकुरलाई मतदान गर्ने बताइएको छ ।





