नेकपा (एमाले)का स्थायी कमिटी सदस्य तथा सम्पर्क समन्वय कमिटी इञ्चार्ज एवं पूर्व मन्त्री लालबाबु पण्डितलाई पत्नीशोक परेको छ । उनकी श्रीमती विमला महतको ६० वर्षको उमेरमा गएराती १२:४५ बजे विराटनगरमा निधन भएको जनाइएको छ । स्वास्थ्यमा समस्या देखिएपछि दिवंगत महतको केही समय अगाडिदेखि अस्पतालमा उपचार हुँदै आएको थियो ।
दिवंगत विमलाको निधनमा नेकपा (एमाले)का नेता कार्यकर्ता लगायतले शोक प्रकट गरेेका छन् ।





