कश्मीरा साकोस, बागबजारको १६औँ वार्षिक साधारण सभा सम्पन्न

नेफ्स्कूनका कोषाध्यक्ष तथा कास्कूनका अध्यक्ष दीपक पनेरूले बजार हल्ला भएजस्तो समुदायमा आधारित रहेर सञ्चालन भएका सहकारी संस्थाहरुमा तरलताको समस्या नभएको बताउनुभयो । २०८० असोज २६ गते बागबजारस्थित होटल हार्दिकमा सम्पन्न कश्मीरा बचत तथा ऋण सहकारी संस्था लि., बागबजार, काठमाडौंको १६औँ वार्षिक साधारण सभाको उद्घाटन गर्दै उहाँले सहकारी संस्थाहरु नीति, विधि र प्रविधिलाई आत्मसात गरी सञ्चालन हुनु पर्नेमा जोड दिनुभयो । साधारण सभाका प्रमुख अतिथि पनेरूले स्थापना भएको छोटो समयमा नै कश्मीरा साक‍ोसले राम्रो प्रगति गर्न सफल भएको यसका सूचकाङ्कहरुबाट देखिएकोले यो संस्थामा ढुक्क भएर कारोबार गर्न सदस्यहरुलाई आग्रह गर्नुभयो ।

सोही संस्थाका अध्यक्ष रमेशप्रसाद पाण्डेको अध्यक्षतामा सम्पन्न साधारण सभामा शुभकामना व्यक्त गर्दै पशुपति विकास क‍ोषका कार्यकारी निर्दशक डा.घनश्याम खतिवडा , जिल्ला सहकारी संघ लि.,काठमाडौंका सचिव बालकुमार बास्तोला , राष्ट्रिय सहकारी बैंक लि.की पुतलीसडक शाखा प्रमुख अर्पणा पन्त , विद्युतकर्मी बहुउद्देशीय सहकारी संस्था लि.का अध्यक्ष रामकुमार थेवे, जेष्ठ आइडियोल‍ोजी बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष हेमबहादुर कार्की लगायतले सो संस्थाले सामाजिक , आर्थिक तथा सांस्कृतिक क्षेत्रमा पु-याएको योगदानको प्रशंसा गर्दै यो संस्थाको थप प्रगतिको कामना गर्नुभयो ।

साधारण सभामा संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै त्यसै संंस्थाका अध्यक्ष पाण्डेले समाजमा छरिएर रहेको स-सानो पूँजीलाई बचतक‍ो माध्यमबाट संकलन गरी त्यसलाई ऋणको रुपमा प्रवाह गरेर सामाजिक, आर्थिक तथा सांस्कृतिक क्षेत्रमा योगदान पु-याउने उद्देश्यले स्थापना भएको हाम्रो यो संंस्था शेयर सदस्य महानुभावहरुको साथ र सहयोग तथा कर्मचारीहरुको परिश्रमले निरन्तर प्रगतिपथमा अगाडि बढेेर सहकारी क्षेत्रमा यसको आफ्नो अलग्गै परिचय बन्न सकेको भन्दै प्रशन्नता व्यक्त गर्नुभयी । सहकारी सिद्धान्त, नीति , विधि र पद्दतिलाई आत्मसात गरेर अगाडि बढिरहेको यस संंस्थामा आर्थिक वर्ष २०७९/०८० मा शेयर पूँजी रु.२,६६८३,९०० र कुल सम्पति रु.३२,७७,६०,९७७ रहेको बताउदै उहाँले आर्थिक वर्ष २०८०/०८१ को उक्त सस्थाको योजना र कार्यक्रम प्रस्तुत गर्नुभयो ।

साधारण सभामा उक्त संस्थाका लेखा सुपरीवेक्षण समितिका संयोजक डिल्लीराज धितालले संस्थाक‍ो लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्नुभयो ।

शोयर सदस्यहरु बीच छलफल भई साधारण सभाबाट ती प्रतिवेदनहरु पारित भएका थिए ।

सो संस्थाका सचिव जयराम तिमिल्सिनाले सञ्चालन र क‍‍ोषाध्यक्ष प्रकाश फुँयालले स्वागत मन्तव्य व्यक्त गर्नुभएको साधारण सभामा त्यस संस्थाका जेष्ठ शेयर सदस्यद्वय विष्णु लक्ष्मी पाण्डेर लक्ष्मीप्रसाद पाण्डेलाई द‍ोसल्ला ओडाएर सम्मान गरियो भने सोही संस्थामा उत्कृष्ट कारोबार गरेका शेयर सदस्यद्वय रामहरि बस्नेत र नवराज बगालेलाई मायाको चिनो प्रदान गरी सम्मान गरियो ।

त्यस अवसरमा साधारण सभाका अध्यक्ष पाण्डेले प्रमुख अतिथि पनेरूलाई मायाको चिनो प्रदान गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *