प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयले नेपाल सरकारका सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायहरुमा कार्यालय समयमा टीएमएस (TMS) नचलाउने व्यवस्था गर्न र सो समयमा टीएमएस (TMS) चलाएको वा नचलाएको सम्बन्धमा सूचना प्रविधिको प्रयोग गरि चेक जाँच गर्न सकिने व्यवस्था मिलाउन निर्देशन दिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट प्राप्त पत्रको आधारमा उक्त निर्देशन दिएको जनाइएको छ । कार्यालय समयमा कतिपय सरकारीहरुले टीएमएस (TMS) चलाएर शेयर कारोबारमा ध्यान केन्द्रित गर्दा सरकारी कार्यालयको सेवा प्रवाह फितलो भएको गुनासो सेवाग्राही लगायतले समय समयमा गर्दै आएका थिए ।






