क्रान्तिकारी कम्युनिष्ट पार्टीका नेता पूर्ण खड्कालाई रिहा गर्न माग

नेपाल कम्युनिष्ट पार्टी, क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल, नेपाल कम्युनिष्ट पार्टी (बहुमत), वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टी (जनपक्ष) सम्मिलित केन्द्रीय संंघर्ष समितिले प्रहरी हिरासतमा रहेका क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका केन्द्रीय सदस्य पूर्णबहादुर खडकालाई विना शर्त तत्काल रिहा गर्न माग गरेको छ । गत शुक्रबार दिउँसो सिन्धुलीको दुधौलीमा आगामी फाल्गुण २१ गते हुने तय भएको प्रतिनिधि सभाको निर्वाचन बहिस्कार सम्बन्धी शान्तिपूर्ण विरोध कार्यक्रममा सहभागी भएर घर फर्कने क्रममा केन्द्रीय सदस्य खडकालाई प्रहरीले गिरफ्तार गरेको र उहाँलाई तत्काल विना शर्त रिहा नगरे कडा राजनीतिक संघर्घ अगाडि बढाउने उक्त संघर्ष समितिका संय‍ोजक गौरवले बताउनुभएको छ ।

यता आफ्ना केन्द्रीय सदस्य खड्काको गिरफ्तारी विरुद्ध राजनीतिक र कानूनी संघर्ष सँगसँगै अगाडि बढाएको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *