ख्वप साकोसको आयोजनामा डल्ला साबुन बनाउने तालिम सम्पन्न

भक्तपुर नगरपालिका-२,व्यासीमा रहेको ख्वप बचत तथा ऋण सहकारी संस्था लि.को महिला उप-समितिको आयोजनामा आज भक्तपुरको ब्यासीमा डल्ला साबुन बनाउने तालिम सम्पन्न भयो । तालिममा ४२ जना प्रशिक्षार्थीको सहभागिता रहेको थिायो ।

तालिम समापन कार्यक्रमलाई सम्बोधन गर्दै ख्वप बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष राजकुमार लघुले ‘सहकारीका सात सिद्धान्तमध्ये सदस्यहरुलाई सूचना र तलिम दिनुपर्ने आवश्यकता बोध गरी शेयर सदस्यहरुलाई आत्मनिर्भर एवंम स्वरोजगारीका लागि यो तालिम आयोजना गरेका हो’, भन्नुभयो । यसैगरी कार्यक्रममा मन्तब्य व्यक्त गर्दै सो संस्थाका कोषाध्यक्ष लक्ष्मीनारायण सुवालले ‘हाम्रो यो संस्थाको थप गतिशीलताका लागि विभिन्न नीति नियमहरु निर्माण गदै अगाडि बढिरहेको छ, टोलका दाजुभाइको नेतृत्व गरिरहेको यस संस्थामा बचत गरे मात्र बचत सुरक्षित हुन्छ’, भन्नुभयो ।
यस्तै कार्यक्रममा मन्तव्य व्यक्त गर्दै नेपाल क्रान्तिकारी महिला संघकी अध्यक्ष बबिमैया कवांले नेपाल क्रान्तिकारी महिला संघ कामदार वर्गका महिलाहरुलाई शोषण, अन्याय र अत्याचारबाट मुक्त गर्न स्थापना भएको हो भन्दै ‘ख्वप साकोसबाट दिइएको तालिम ब्यवहारमा उतार्न सके खर्चमा मितब्ययिता अपनाउन सकिन्छ र तालिम जीवन उपयोगी छ’, भन्नुभयो ।
सोही अवसरमा डल्ला साबुन बनाउने तालिमकी प्रशिक्षक एवं त्यसै संस्थाकी महिला उप-समितिका सदस्य सुलोचना सुवालले तालिम दिन पाएकोमा खुशी ब्यक्त गर्दै छोटो समयमा दिएको यो तालिमबाट प्रशिक्षार्थीहरु लाभान्बित हुने विश्वास व्यक्त गर्नुभयो । सो कार्यक्रम सो संस्थाकी महिला उप-समिति संयोजक चण्डेश्वरी याकामीको अध्यक्षतामा सम्पन्न भयो । कार्यक्रममा ब्यासी छोरी बुहारी समूहकी अध्यक्ष धर्मलक्ष्मी दुवालले ‘तालिम लिनुदिनुको साथै दिदी बहिनीहरुले समाजमा भइरहेका गतिविधिलाई पनि नियाल्न सके अझ सफल भइन्छ’, भन्नुभयो ।

ख्वप बचत तथा ऋण सहकारी संस्था लि.का अध्याक्ष लघुले सो तालिमकी प्रशिक्षक सुलोचना सुवाललाई तालिमका सामग्री हस्तान्तरण गरी उक्त कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो । डल्ला साबुन बनाउने प्रशिक्षण कार्यक्रममा उक्त संस्थाको महिला उप-समितिका सदस्य गंगा लाखाले तालिमको बारेमा चर्चा गर्नुभयो । उक्त अवसरमा तालिमका प्रशिक्षाथीहरु राजु मानन्धर ,गीता के.सी., ज्ञानी लाखे लागायतले तालिमले गृहणी महिला लाभान्वित हुने बताउदै यो तालिम आयोजना गरेकोमा आयधजक ख्वप बचत तथा ऋण सहकारी संस्था लि.को महिला उप-समितिलाई धन्यबाद दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *