गण्डकी प्रदेशका खेलकुद मन्त्री दीपक मनाङे नेकपा (एस)मा प्रवेश

गण्डकी प्रदेशका युवा तथा खेलकूद मन्त्री तथा मनाङ (ख) क्षेत्रबाट स्वतन्त्र गण्डकी प्रदेश सभा सदस्य राजिव गुरुङ उर्फ दीपक मनाङे नेकपा (एस) मा प्रवेश गर्नुभएको छ । उहाँलाई नेकपा (एस)का अध्यक्ष माधवकुमार नेपालले स्वागत गर्नुभयो । मन्त्री गुरुङले आज जारी गरेको प्रेस विज्ञप्तिमा नेकपा (एस)ले लिएको नीति , विचार र सिद्धान्त आफ्नो उद्देश्यसँग मेल खाएकोले आफू नेकपा (एस)मा प्रवेश गरेको उल्लेख गर्नुभएको छ । गण्डकी प्रदेश सभामा नेकपा (एस)को प्रतिनिधित्व हुन नसकी रहेको बेला मनाङेको प्रवेशले सो प्रदेशमा नेकपा (एस)को प्रतिनिधित्व हुने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *