गत भदौ २३ र २४ गतेको जेनजी जेड प्रदर्शनको छानविन गर्न नेपाल सरकारले उच्चस्तरीय न्यायिक छानविन समिति बनाएको छ । आइतबार साझ बसेको नेपाल सरकार ,अन्तरिम मन्त्रीपरिषदको बैैैठकले पूर्व न्यायधीश गौरीबहादुर कार्कीमे नेतृत्वमा ३ सदस्यीय उक्त छानविन समिति बनाएको जनाएको छ । सो समितिको सदस्यमा नेपाल प्रहरीका पूर्व एआईजी विज्ञानराज शर्मा र अधिवक्ता विश्वेश्वर भणडारी सदस्य रहेको गृह मन्त्री ओमप्रमाश अर्यालले सञ्चारकर्मीलाई बताउनुभयो । यो समितिले ३ महिनाभित्र आफ्नो प्रतिवेदन बुझाउने गरि कार्यदेश पाएको मन्त्री अर्यालको भनाई छ ।
गत भदौ २३ र २४ गते भएको जेनजी जेड आन्दोलनका क्रममा ७४ जनाको मृत्यु हुनुकासाथै ४ सयभन्दा बढी घाइते भए भने सिंहदरबार, सर्वोच्त अदालत सहित सरकारी/सार्वजनिक र निजी सम्पत्तिमाथि आगजनी र तोडफोड गरि क्षति पुुगेको थियो ।
यसैगरी सो बैठकले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (CIB) को प्रमुखमा नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (AIG) मनोज के.सी.लाई नियुक्त गर्ने निर्णय गरेको जनाइएको छ । के.सी.ले यसभन्दा पहिला पनि सीआईबीको प्रमुख भएर काम गरिसकेका छन् । उनलाई यस अघिको ओली नेतृत्वको सरकारले पालामा अपमानजनक व्यवहार गरि सीआईबीबाट अन्यत्र सरुवा गरिएका थियो ।
मन्त्रीपरिषदको उक्त बैठकले ४ वर्षृ कार्यकाल रहने गरी नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई जल तथा उर्जा आयोगको विशिष्ट श्रेणीको विशेषज्ञमा र नेपाल विद्युत प्राधिकरणको रिक्त कार्यकारी निर्देशकमा सोही प्राधिकरणका पूर्व उप-कार्यकारी निर्देशक मनोज सिलवाललाई नियुक्त गर्ने निर्णय गरेको बताइएको छ ।





