दक्षिण बाराही महिला साकोसको २५औँ वार्षिक साधारण सभा सम्पन्न

भक्तपुरको सूर्यविनायक नगरपालिका-४, दधिकोटमा रहेको दक्षिण बाराही महिला बचत तथा ऋण सहकारी संस्था लि.को २५औं बार्षिक साधारण सभा २०८० अस‍ोज १८ गते बिहीबार यचु पार्टी भेन्यु, शंखधरचोकमा सम्पन्न भय‍ो । सोही संस्थाकी अध्यक्ष निर्जला दाहाल ढुंगेलको अध्यक्षता तथा सूर्यविनायक नगरपालिकाकी उप-मेयर सरिता भट्टराई तिमिल्सिनाको प्रमुख आतिथ्यतामा सम्पन्न साधारण सभामा सो संस्थाका विभिन्न विधामा उत्कृष्ट सदस्य तथा विद्यार्थीहरु लगायतलाई पुरस्कार प्रदान गरी सम्मान गरियो ।

साधारण सभाको उद्घाटन गर्दै प्रमुख अतिथि भट्टराईले सहकारीको माध्यमबाट मात्रै समृद्ध नेपाल र सुखी नेपाली सम्भव हुने बताउनुभयो । उहाँल दक्षिण बाराही महिला साकोसले आफ्ना सदस्यहरुलाई बचत गर्ने बानीको विकास गरी सीप सिकेर उद्यमशील बन्न प्रेरित गरी उनीहरुको जीवनस्तर माथि उठाउन सहयोग पुग्ने गरिौ कार्य गर्दै सुशासनमा चलेको देख्ता खुशी लागेको भन्दै प्रशन्नता व्यक्त गर्नभयो । सूर्यविनायक नगरपालिकाको य‍ोजना , कार्यक्रम र गतिविधिको बारेमा चर्चा गर्दै उहाँले सूर्यविनायक नगरपालिकाले सहकारीमा सुशासन कायम गरी उनीहरुको विकास र प्रवर्द्धनमा टेवा पुग्ने गरी कार्य गर्ने बताउनुभय‍ो ।

साधारण सभामा शुभकामना मन्तव्य व्यक्त गर्दै भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष कृष्णग‍ोविन्द लाखाजुले ‘सहकारीको विषयमा अनावश्यक हल्ला चलाइएको छ तर भक्तपुरको सहकारी अभियान राम्रोसँग अगाडि बढिरहेको छ’, भन्नुभयो । दक्षिण बाराही महिला साकोसका सबै सूचकाङ्क राम्रो रहेक‍ो देख्दा खुशी लागेको बताउदै उहाँले शेयर सदस्यहरुले साधारण सभामा यातायात खर्च र खानपानमा भन्दा सस्थाका प्रतिवेदनहरु माथिको छलफलमा आफूलाई केन्द्रित गरी संस्थाको राम्रो नीति र कार्यक्रम बनाउनु पर्नेमा जोड दिनुभयो ।

साधारण सभामा संस्थाको वार्षिक प्रनिवेदन प्रस्तुत गर्दै सोही संस्थाकी अध्यक्ष दाहालले समाजमा महिलाहरुको आर्थिक, सामाजिक तथा सांस्कृतिक रुुपमा जीवनस्तर माथि उठाउने उद्देश्यले २५ वर्ष अघि स्थापना भएको हाम्रो यो संस्था स्थापनाकालदेखि नै सहकारी सिद्धान्त ,ऐन, नियम तगा नियामक निकायले जारी गरेका नीति, निर्देशन र सुझावहरुलाई पालना गरी अगाडि बढिरहेको छ’, भन्नुभयो । उहाँले स्थापनाकनलदेखि नै आफ्ना सदस्यहरुको हित हुने गरी नीति, कार्यक्रम र कार्य य‍ोजना बनाएर त्यसलाई कार्यान्वयन गर्दै अगाडि बढिरहेको यस संस्थाले आफ्ना सदस्यहरुलाई नियमित बचत गर्ने बानीको विकास गरी संस्थामा संकलन भएको रकम सदस्यहरुलाई नै ऋणको रुपमा लगानी गर्दै सदस्यहरुको सीप विकास गरिी उद्यमशील बनाएर उहाँहरुको जीवनस्तर माथि उठाएर स्वावलम्वी सदस्य बन्न सहयोग पुग्ने गरी कार्य गर्दै आएको बताउनुभयो ।

उक्त संस्थाकी व्यवस्थापक दीपा क्षेत्रीले सञ्चालन गर्नु भएको साधारण सभामा सो संस्थाकी सचिव पार्वती घिमिरे भण्डारीले आर्थिक वर्ष २०७९/०८० को संस्थाको वार्षिक प्रगति प्रतिवेदन तथा आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्य योजना ,कोषाध्यक्ष तारा खतिवडाले संस्थाको सोही आर्थिक वर्षको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो । साधारण सभामा लेखा सुपरीवेक्षण समितिको आर्थिक वर्ष २०७९/०८० को प्रतिवेदन पनि प्रस्तुत गरिएको थिय‍ो । शेयर सदस्यहरु बीच छलफल भई साधारण सभाबाट ती प्रतिवेदनहरु पारित गरिय‍ो ।

साधारण सभाले पारित गरेक‍ो प्रतिवेदनमा आर्थिक वर्ष २०७९/०८० को अन्तसम्ममा यो संंस्थामा शेयर सदस्य संख्या १,१८०, शेयर पूँजी रु.१,३८,००,००० , जगेडा कोषमा रु.१,५३,००,००० , बचत संकलन रु.६,३०,८०,००० र ऋण लगानी रु.८,३१,७६,००० रहेको उल्लेख छ । साथै ती प्रतिवेदनमा संस्थाले आफ्ना सदस्यहरुका लागि सहकारी शिक्षा कार्यक्रम, रक्तदान कार्यक्रम, स्त्रीरोग परीक्षण, दन्त शिविर , अध्ययन अवलोकन तिर्थ भ्रमण तथा संस्थाका ज्येष्ठ सदस्य सम्मान, एस.ई.ई. सम्मान जस्ता कार्य गर्दै आएको उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *