तिनकुने घटना : दुर्गा प्रसाईं सहित ७ जनालाई थुनामा पठाउन र ३२ जनालाई धरौटीमा छाड्न आदेश

गत चैत्र १५ गते बितण्डा मच्याई दुई जनाक‍ो ज्यान जाने गरी भएको राजावादी आन्द‍ोलनका अगुवा दुर्गाप्रसाद प्रसाईं सहित ७ जनालाई थुनामा पठाउने आदेश भएको छ । काठमाडौं जिल्ला अदालतका न्यायधीश ध्रुवराज कार्कीको इजालासले गएको मध्यरातमा सार्वजनिक गरेको आदेशमा प्रतिवादीहरु प्रसाईं सहित तारा राजावादी भन्ने सरोज गौतम, अनुप राजाबादी भन्ने गोकर्ण शाही, डण्डपाणि रेग्मी ,सुशील बराल, केशव बस्नेत र कुमार तामाङलाई पुुर्पक्षका लागि कारागार पठाउने उल्लेख छ । यसैगरी उक्त इजालासले प्रतिवादीहरु हरिहर चौलागाईँ, सन्तोष राजावादी भन्ने सन्तोषकुमार सिलवाल, ,भीम भन्ने हेमराज थारू, गोपाल मल्ल ठकुरी , पशुपति खड्का, विष्णु पराजुली, पुष्कर खतिवडा, मुनेन्द्र राजभण्डारी,, कुमार बस्नेत , अनिलकुमार थापा, गोपाल बोहरा भन्ने तारानाथ बोहरा , दानबहादुर न्यौपााने , उमेश तामाङ , भानुभक्त पौडेल ,विष्णुजंग बस्नेत भन्ने विष्णु बस्नेत, देवीप्रसाद संग्रौला, प्रेम थापा मगर, ओमप्रकाश लुइटेल , तेजेन्द्र रायमाझी,, मनबहादुर काला, निराजनकुमार गिरी, प्रेमबहादुर श्रेष्ठ, रमेश राई, दिवश बोगटी क्षेत्री, दिलकुमार श्रेष्ठ, कमलकुमार विष्ट, लोकबहादुर बस्नेत, दिनेश खड्का , अमित शाह, सुमन कार्की, जीतबहादुर श्रेष्ठ र मनोजकुमार सापकोटालाई धरौटीमा छाड्न आदेश भएको बताइएको छ ।

प्रतिवादीहरुको यही जेठ १२ गतेदेखि २० गतेसम्म अदालतमा बयान लिएको थियो भने यही जेठ २२ देखि २८ गते दिउशोसम्म प्रतिवादीहरुमाथि थुनछेक बहस चलेको थपयो ।

उनीहरु सहित ६१ जना विरुद्ध जिल्ला सरकारी वकीलको कार्यालय काठमाडौंले यही जेठ ११ गते काठमाडौं जिल्ला अदालतमा मुद्धा दर्ता गरेको थियो । उनीहरसमध्ये ५० जनालाई राज्य विरुद्धको कसुर तथा संगठित अपराधमा मुद्धा दर्ता गरेको थियो । ती ५० जनामध्ये राप्रपाका उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री तथा सांसद धवल शमशेर राणा सहित ११ जना प्रहरीको सम्पर्कमा नरही फरार सूचीमा रहेकोले उनीहरुको बारेमा सो आदेशमा केही उल्लेख नभएको बताइएको छ । यी ५० जनामध्ये प्रसाईं सहितका ८ जनालाई कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगमा मुद्धा समेत दायर भएको थियो । बाँकी ११ जना विरुद्ध भने आपराधिक उपद्रव मुद्धा भएको थियो, जसका कारण ले यस अघि नै उनीहरु धरौटी बुझाएर छुटिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *