नाउपाले विश्वासको मत नदिने अडान लिएपछि सुदूर पश्चिम प्रदेश सरकार संकटमा

पटक-पटक ध्यानाकर्षण गर्दा पनि आफ्नो माग सरकारले पूरा नगरेको भन्दै नागरिक उन्मुक्ति पार्टीले नेकपा (एमाले)को सुदूर पश्चिम प्रदेश सरकारलाई विश्वासको मत नदिने अडान लिएपछि सुदूर पश्चिम प्रदेश सरकार संकटमा परेको छ । त्यही कारण गत पुस २७ गते मुख्यमन्त्री बनेका नेकपा (एमाले) का नेता राजेन्द्र सिंह रावल नेतृत्वको सरकारले आज सुदूर पश्चिम प्रदेश सभाको बैठकबा विश्वासको मत लिने कार्यसूची रहेपनि नागरिक उन्मुक्ति पार्टीका सुदूर पश्चिम प्रदेश सभाका सदस्यहरुलाई मनाउन प्रयत्न गर्ने उद्देश्यले मुख्यमन्त्री रावलको अनुरोधमा सुदूर पश्चिम प्रदेश सभाको आजका लागि बोलाइको बैठक स्थगित गरी भोलि दिउसो १ बजेका लागि सारिएको जनाइएको छ । सुदूर पश्चिम प्रदेश सभाका ५३ सदस्य मध्ये २७ जनाको समर्थन सरकारलाई आवश्यक पर्छ तर ७ जना प्रदेश सभा सदस्य रहेको नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने अडान लिएपछि मुख्यमन्त्री रावल नेतृत्वको सरकार संकटमा परेको छ , जसले सुदूर पश्चिम प्रदेश सभाबाट विश्वासको मत पाउन सक्ने सम्भावना अति नै न्युन देखिएको छ ।

सुदूर पश्चिम प्रदेश सरकारले भोलिसम्ममा विश्वासको मत लिनु पर्ने संवैधानिक बाध्यता छ । सुदूर पश्चिम प्रदेशका मुखृयमन्त्री रावलले प्रदेश सभाबाट विश्वास मत प्राप्त गर्न नसकेमा उहाँ स्वत: पदमुक्त हुनु हुने छ तर यदी नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिएमा भने सुदूर पश्चिम प्रदेश सभामा उहाँको पक्षमा सभामुख बाहेक २८ मत पुग्ने छ ।

सुदूर पश्चिम प्रदेश सभामा नेपाली कांग्रेसका १९, सभामुख सहित नेकपा (माके)का ११, उप-सभामुख सहित नेकपा (एमाले)का १०, नागरिक उन्मुक्ति पार्टीका ७, नेकपा (एस)का ४, राप्रपाका १ र १ स्वतन्त्र प्रदेश सभा सदस्य छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *