विभिन्न कम्युनिष्ट पार्टी तथा समूह वीच एकता गरि बनेको नेपाली कम्युनिष्ट पार्टीले यही मंसिर १२ गतेदेखि २३ गतेसम्म सातवटै प्रदेशमा प्रदेशस्तरीय एकता सन्देश सभा गर्ने भएको छ । सो पार्टीले जारी गरेको प्रेस नोटमा मंसिर १२ गते धनगढी, मंसिर १३ गते दाङ- देउखुरी, मंसिर १४ गते पोखरा, मंसिर १५ गते विराटनगर, मंसिर १७ गते काठमाडौं (हलमा), मंसिर १८ गते सुर्खेत, मंसिर १९ गते काठमाडौं (हलमा), मंसिर २० गते जनकपुर, मंसिर २१ गते नेपाली समय अनुसार बेलुकी ६ बजे प्रवास प्रदेशहरुको संयुक्त भर्चुअल कार्यक्रम र मंंसिर २३ गते हेटौंडामा एकता सन्देश सभा गर्ने, उल्लेख छ ।
सो पार्टीले आउदो फाल्गुण २१ हुने तय भएको प्रतिनिधि सभाको निर्वाचनलाई केन्द्रित गरि कार्यक्रम गर्न थालेको छ ।






