नेपाली कांग्रेसले कीर्तिपुर र नेकपा (माके)ले पृथा उत्तरगंगामा ज‍‍ोगाए साख

नेपाली कांग्रेसले काठमाडौंको कीर्तिपुर नगरपालिका र नेकपा (माके)ले पृथा उत्तरगंगा गाउँपालिकामा आफ्नो बर्चस्व जोगाएका छन् । नेपाली कांग्रेसले कीर्तिपुर नगरपालिकाको १ नं.वडाको वडाध्यक्ष सहित कीर्तिपुर नगरपालिकाको मेयर जितेको छ । नेपाली कांग्रेसका सो नगरपालिकाको मेयर पदका उम्मेद्वार कृष्णमान डंग‍ोल ५,३३४ मत प्राप्त गरि विजयी भए । उनका निकटतम प्रतिस्पर्धी नेकपा (माके)का प्रा.डा.शिवशरण महर्जनले ४,५५५, नेकपा (एमाले)का डा.सुरेन्द्र मानन्धरले ४,३३७ तथा स्वतन्त्र उम्मेद्वार राजमान मानवले २,०३६ मत प्राप्त गरे। यहाँ राजनीतिक दलका ७ र स्वतन्त्र ११ गरि १९ जना उम्मेद्वार चुनावी मैदानमा थिए । अघिल्लो पटक हारेको यो नगरपालिकाको ४ न. वडाध्यक्ष पनि जित्यो ।

यसबेलासम्म नेपाली कांग्रेसले दुईवटा जिल्ला समन्वय समितिको प्रमुख, एउटा नगरपालिकाको मेयर र १६ वटा वडाको वडाध्यक्ष जितेेको छ ।

यता रुकुम (पूर्वी भाग)को पृथा उत्तरगंगा गाउँपालिकाको २ नं. वडाको वडाध्यक्ष सहित सो गाउँपालिकाको उपाध्यक्षमा नेकपा (माके)की नरपुरा बुढा मगरले ३,६२७ मत ल्याएर विजयी भइन । उनकी प्रतिस्पर्धी नेपाली कांग्रेस र नेकपा (एमाले) को साझा उम्मेद्वार बनेकी केशकुमारी तुलाचनले २,१२८ मत पाइन् । नेकपा (एमाले)को रुकुम पूर्व जिल्ला कमिटी उप-सचिव तुलाचन नेपाली कांग्रेसको चुनाव चिन्ह रुख लिएर चुनाव लडेकी थिइन् । जसले गर्दा उनको आलोचना पनि भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *