सूर्यविनायक नगरपालिकाकी उप-प्रमुख सरिता तिमिल्सिना भट्टराईले

सहकारीले वित्तीय कारोबारसँगै उत्पादन र बजारीकरणमा सहयोग पुग्ने गरी कार्य गर्नु पर्ने बताउनुभएको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका-५, कटुञ्जेमा आफ्नै भवनबाट सञ्चालन भइरहेको पारिजात बचत तथा ऋण सहकारी संस्था लि.को १५औँ वार्षिक साधारण सभाको सोमबार सल्लाधारीमा उद्घाटन गर्दै उहाँले कुरिलो लगायतका तरकारी, फुल सहित सूूर्यविनायक नगरपालिका भित्र उत्पादन भएका बस्तुको सूर्यविनायक नगरपालिकाले बजारीकरण गर्न लागेकोले त्यसमा सहकारीको सहयोग आवश्यक रहेको बताउनुभयो । स्थापना भएको छोटो समयमा पारिजात साकोस सूर्यविनायक नगरपालिकामा माात्रै नभएर भक्तपुरका उत्कृष्ट संंस्थाहरु मध्येेको एउटा संस्था भएको भन्दै उहाँले प्रशन्नता व्यक्त गर्नुभयो । चीन, भारत, थाइल्याण्ड लगायतका देेेशमा सहकारीले गरेको योगदानको चर्चा गर्दै उहाँले नेपालको संंविधानमा पनि सहकारी राष्ट्रिय अर्थतन्त्रको ३ खम्बामध्येको १ खम्बा उल्लेख भएकोले ३१ हजार सहकारीमा २/३ सय सहकारी संस्थाले गलत काम गर्दैमा सहकारीको सान्दर्भिकता नसकिने विचार व्यक्त गर्नुभयो । पारिजात साकोसबाट अरुले पनि सिक्नु पर्ने र पारिजात साकोसले पनि अरुका राम्रा कुरा आत्मसात गर्नु पर्नेमा जोड दिदै उहाँले ‘सञ्चालक समिति र व्यवस्थापनको इमान्दारिताा र शेयर सदस्यहरुले नियमित बचत गर्ने र समयमा ऋणको सावाँ र व्याज बुझाएमा सहकारीमा समस्या आउदैन’, भन्नुभयो । सूर्यविनायक नगरपालिकाले उद्यमीहरुबाट राजश्व मात्रै संंककल नगरी उद्यमीहरुलाई सहजीकरण लगायतका सेेवा सुविधा प्रदान गर्ने भएकोले सहकारी संस्थाहरुले प्रतिवेदन तयार गर्दा उद्यमशील काम गर्ने उद्यमी सदस्यहरुको छुट्टै लिष्ट बनाएर त्यसलाई सूर्यविनायक नगरपालिकामा बुझाउन आग्रह गर्नुभयो । सूर्यविनायक नगरपालिकाले नि:शुल्क स्वास्थ्य परीक्षण जस्ता सामाजिक कार्य गर्दै आएकाले सहकारी संस्थाहरुले सूर्यविनायक नगरपालिकाको वेवसाइट र फेसबुक लगायतबाट प्रकाशित सूचनामूलक सामाग्री शेयर गरिदिए सूर्यविनायक नगरपालिकाबासीले यस्ता नि:शुल्क सेवा सुविधा प्राप्त गर्न सक्ने उहाँको भनाइ छ । उहाँले सूर्यविनायक नगरपालिकाले सहकारी अभियानमा अशर नपर्ने गरी सहकारीको अनुगमन र नियमन अलि फरक ढंगबाट गर्ने जानकारी दिनुभयो ।
सो अवसरमा शुभकामना मन्तव्य व्यक्त गर्दै जिल्ला सहकारी संघ लि.,भक्तपुरका अध्यक्ष केदार खड्काले कति सहकारी संस्थामा तरलता समस्या भइरहेको बेला पारिजात साकोसले आर्थिक वर्ष २०७९/०८० मा ३ करोड रुपेया थप कारबार गरेको र यो संंस्था भक्तपुरमा मात्रै नभइ सहकारी क्षेत्रमा नै छुट्टै परिचयका साथ अगाडि बढिरहेको भन्दै प्रशन्नता व्यक्त गर्नुभयो । शेयर सदस्यहरुको सक्रिय सहभागिताले मात्रै सहकारी संंस्था प्रगतिपथमा अगाडि बढ्न सक्ने भएकोले शेयर सदस्यहरुले सहकारी संंस्थामा नियमित कारोबार गर्नु पर्ने उहाँको भनाइ छ । भक्तपुरको सहकारी अभियान अन्तको तुलनामा राम्रो छ तर यहाँपनि केही सहकारीले सदस्यहरुको पैसा ठगेर भागेकोले शेयर सदस्यहरुले बढी व्याजको लोभमा नभइ पारिजात साकोस जस्ता सुशासनमा चलेका सहकारी संस्थामा मात्र कारोबार गर्नु पर्नेमा उहाँले जोड दिनुभयो ।
सोही अवसरमा नेपाल राष्ट्र बैंकका उपनिर्देशक डा.रमेशप्रसाद चौलागाईँले ‘देशभर ३१,००० भन्दाबढी सहकारी संघ/संस्था भएकोले तिनको अनुगमन र नियमन नेपाल राष्ट्र बैंकबाट हुन नसक्ने भएकोले सहकारीको नियमन गर्न छुट्टै संयन्त्र निर्माण गर्ने भनेर नीतिगत निर्णय भएको छ तर यसबेलासम्म त्यो व्यवहारमा आएको छैन’, भन्नुभयो । उहाँले यतिबेला भने बैंकहरुमा बचत पर्याप्त छ र कर्जाको माग पनि छ तर कर्जा लगानी गर्न अझै समस्या रहेको विचार व्यक्त गर्नुभयो । पारिजात साकोसले राम्रो प्रगति गरेको छ तर यसले ऋण लगानी लगायतका विषयमा चनाखो हुन उहाँले सुझाव दिनुभयो ।
साधारण सभामा शुभकामना मन्तव्य व्यक्त गर्दै भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संंघ लि.का कोषाध्यक्ष काञ्छाभक्त घजुले सुशासनमा चलेको पारिजात साकोसको प्रतिवेदनमा उल्लेख भएका सबै सूचकाङ्क राम्रो रहेकोले यो संंस्थामा शेयर सदस्यहरुले सक्रियतापूर्वक नियमित कारोबार गर्न आग्रह गर्नुभयो । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.ले सदस्य संस्थाहरुलाई धितोमा ५ करोड रुपैयासम्म ऋण लगानी गर्दै आएकोमा सहकारी विभागको निर्देशनपछि भने यस संघले सदस्य संंस्थाहरुलाई धितो विना ६० लाख रुपैयासम्म र धितोमा १ करोड रुपैयासम्म ऋण प्रवाह गरिरहेको भन्दै उहाँले भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संंघ लि.ले आफ्ना सदस्य संस्थहरुलाई मन्त्रालय, विभाग तथा छाता संघहरुले जारी गरेका निर्देशन र सूचना प्रवाह तथा समय समयमा सहकारी शिक्षा/ तालिम प्रदान गर्दै आएको बताउनुभयो ।
पञ्चदेवी बचत तथा ऋण सहकारी संस्था लि.,काँडाघारी, काठमाडौंका सचिव सुदर्शन नेपाले पनि शुभकामना मन्तव्य व्यक्त गरेको सो साधारण सभाको अध्यक्षता गरेका पारिजात बचत तथा ऋण सहकारी संंस्था लि.का अध्यक्ष टंकराज काफ्लेले उक्त संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै समजमा छरिएर रहेको स-सानो पूँजीलाई बचत मार्फत संकलन गरी त्यसलाई कर्जाको रुुुपमा सदस्यमा प्रवाह गरी आर्थिक, सामाजिक तथा सांस्कृतिक रुपमा आफ्ना शेयर सदस्यहरुको जीवनस्तर माथि उठाउने उद्देश्यले स्थापना भएको हाम्रो यो संंस्था शंयर सदस्य ज्यूहरुको सक्रिय सहभागिता र कर्मचारीहरुको इमान्दारिता र मेहनतका कारण निरन्तर प्रगतिपथमा अगाडि बढ्न सफल भएको भन्दै खुशी व्यक्त गर्नुभयो । उहाँले २०६५ साल भाद्र ७ गतेबाट ४४ जना शेयर सदस्यको रु ७ लाख १५ हजार रुपैया चुक्ता पूँजीबाट कारोकार शुुरु गरेको हाम्रो यो संस्थामा २०८० असार मसान्तसम्म १,५०७ जना महिला र १,१४६ जना पुरुष गरी २,६५९ जना कुल शेयर सदस्य , रु.११,२६,४६,००० कुल शेयर पूूँजी , रु.६५,६२,३९,६६५ निक्षेप संकलन, रु.७५,६०,९८,८८६ ऋण लगानी र रु.९१,८१,३२,८८७ कुल दायित्व तथा पूँजी रहेको बताउनुभयो ।
साधारण सभामा सोही संस्थाका तरलता व्यवस्थापन निर्देशक एवं निबर्तमान अध्यक्ष ध्रुवबहादुर रायमाझीले

सो संस्थाको गतिविधि र तरलताको अवस्थाबारे प्रकाश पार्दै संस्थामा तरलता व्यवस्थापनका लागि आर्थिक वर्ष २०७९/०८० कुनै बाह्य ऋण लिन नपरेको , त्यस अघिको लिएको बाह्य ऋण पनि संंस्थाले गत आषाढमा तिरेको र यतिबेला पनि यो संस्थाको तरलता र वित्तीय अवस्था शेयर सदस्य ज्यूहरुको सक्रिय सहभागिताले राम्रो रहेको बताउनुभयो ।
साधारण सभामा त्यसै संस्थाका सचिव किरण थापाले संंस्थाको वार्षिक प्रगति प्रतिवेदन, कोषाध्यक्ष श्यामकृष्ण मास्केले संस्थाको आर्थिक प्रतिवेदन, लेखा सुुुपरीवेक्षण समिति संयोजक लक्ष्मी बस्यालले संस्थाको लेेखा सुपरीवेक्षण समितिको प्रतिवेदन , महिला उप-समिति संंयोजक निरञ्जना धौभडेलले संंस्थाको महिला उप-समितिको प्रतिवेदन, उपाध्यक्ष तथा शिक्षा उप-समिति संंयोजक सुरज थापाले संस्थाको शिक्षा उप-समितिको प्रतिवेदन र ऋण उप-समिति संंयोजक नरविक्रम रायमाझीले संस्थाको ऋण उप-समितिको वार्षिक प्रतिवेदन प्रस्तुु गर्नुभयो । शेयर सदस्यहरु बीच छलफल गरी सााधारण सभाबाट ती प्रतिवेदनहरु पारित गरियो । साधारण सभाले सो संस्थाले आर्थिक वर्ष २०७९/०८० मा आर्जन गरेको मुनाफाबाट शेयर सदस्यहरुलाई ९.५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय ग-यो ।

गाम्चा बचत तथा ऋण सहकारी संंस्था लि.का सचिव विदुर खड्का लगायतको आतिथ्यता रहेको साधारण सभाका अध्यक्ष काफ्लेले प्रमुख अतिथि र अतिथिहरुलाई मायाको चिनो प्रदान गर्नुभयो ।
यसैगरी साधारण सभामा उक्त संंस्थाका शेयर सदस्य रहेका नेपाल राष्ट्र बैंकका उपनिर्देशक डा.रमेशप्रसाद चौलागाईं र सेण्ट जेभियर कलेजमा प्राध्यापनरत डा.बासुदेव घिमिरेलाई विद्यावारिधि (PHD) गरेकोमा विशेष सम्मान गरियो भने शेयर सदस्य प्रेमप्रसाद काफ्लेलाई सक्रिय जेष्ठ सदस्य सम्मानबाट सम्मानित गरियो । यसैगरी त्यसै संस्थाकी लेखा अधिकृत धनज्योति गुरुङलाई विशेष कर्मचारी सम्मानबाट सम्मानित गरियो ।
शेयर सदस्य प्रज्ञा काफ्लेले सञ्चालन गरेको त्यस साधारण सभामा २०८० मा कक्षा १२ उत्कृष्ट जीपीए (GPA)का साथ उत्तीर्ण गरेका शेयर सदस्य नेत्रकुमारी गौतमकी छोरी लक्ष्मी गौतम(श्री अरनिको मा.वि.,गाम्चा,भक्तपुरबाट), शेयर सदस्य थीरबहादुर कार्कीकी छोरी नलिना कार्की (ट्रिनिटी इण्टरनेशनल सेकेण्डरी स्कुल,डिल्लीबजार, काठमाडौंबाट) र शेयर सदस्य अनित के.सी.का छोरा श्रीयुत थापा (एस.ओ.एस. हरमन माइनर स्कुल, सानोठिमी, भक्तपुरबाट)लाई नगद पुरस्कार सहित सम्मान गरियो ।





