प्रा.डा.ताराकान्त पाण्डेयको निधनमा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालद्वारा शोक व्यक्त

गत शुुक्रबार नेपालगञ्जबाट काठमाडौं फर्किने क्रममा आफू सवार गाडी दाङको भालुबाङमा सडकबाट राप्ती नदीमा खसेर दुर्घटना हुदा त्यहीं निधन भएका इच्छुक प्रतिष्ठानका अध्यक्ष तथा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका स्कुलिङ विभागमा रहेर कार्य गरिरहेका ६३ वर्षीय प्रा.डा. ताराकान्त पाण्डेयको निधनमा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले शोक प्रकट गरेको छ । सो पार्टीका महासचिव म‍ोहन बैद्य ‘किरण’ले जारी गर्नुभएको श्रद्धाञ्जली बक्तव्यमा दिवंगत पाण्डेयप्रति श्रद्धाञ्जली अर्पण गरि शोककुल परिवारजनमा समवेदना व्यक्त गरिएक‍ो छ ।

दिवंगत प्रा.डा.पाणडेयका श्रीमती, एक छोरी र ज्वाइ छन् । नेपालगञ्जबाट काठमाडौं जादै गरेको भे१ख ३९१२ नं.को उहाँ सवार गाडी दुर्घटनाका कारण उहाँसहित १२ जनाको मृत्यु भएको र २२ जना घाइते भएको बताइएको थियो । उहाँको उमेर ६५ वर्ष भनिएपनि क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव बैद्यले जारी गरेको श्रद्धाञ्जली बक्तव्यमा भने दिवंगत प्रा.डा. पाण्डेयको उमेर ६३ वर्ष रहेको उल्लेख छ ।

प्रा.डा. पाण्डेयको निधनप्रति नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा संगठन विभाग प्रमुख कृष्णहरि भट्ट , सोही पार्टीका केन्द्रीय सचिचावालय सदस्य तथा बागमती प्रदेश समिति अध्यक्ष अर्जुन कार्की लगायतले श्रद्धाञ्जली व्यक्त गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *