बजेट पारित गर्न सत्ता गठबन्धन दलहरु सहमत

यही जेठ १५ गते संघीय संसदको दुबै सदनको संयुक्त बैठकमा अर्थ मन्त्री डा. प्रकाशशरण महतले प्रस्तुत गरेको नेपाल सरकारको आर्थिक वर्ष २०८०/०८१ क‍ो बजेटमा उल्लेख भएका य‍ोजना र विनिय‍‍ोजन भएको रकमका विषयमा प्रतिपक्षी दलहरुका सांसदहरुसँगै जनता समाजवादी पार्टी, नेकपा (एस) लगायतका दलका सांसदहरुले असन्तुष्टी व्यक्त गरिरहेको बेला सत्ता गठबन्बनमा रहेका दलहरुका नेताहरु सांसदहरुका असन्तुष्टीलाई सम्बोधन गरि संघीय संसदबाट बजेट पारित गर्ने सहमती भएको जानकारी प्राप्त भएको छ । प्रधानमन्त्री निवास , बालुवाटारमा आज बसेको उक्त बैठकले सो निर्णय गरेको जनाइएको छ । यसै गरि सो बैठकले कोशी प्रदेशमा देखिएको असन्तुष्टी समाधानमा दलहरु मिलेर लाग्ने सहमती भएको बताइएको छ ।

बजेटका सवालमा सांसदहरुले उठाएका सवालहरुको संघीय संसदका दुवै सदनमा जवाफ दिने क्रममा अर्थ मन्त्री डा. महतले सांसदहरुका असन्तुष्टीलाई सम्बोधन गर्न प्रयास गरेको जानकारहरुको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *