बढ्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य तर हवाई इन्धनको घट्यो

गएरातीबाट पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढेको छ तर हवाई इन्धनको मूल्य घटेको छ । नेपाल आयल निगम लि.को सञ्चालक समितिको शनिबार बसेको बैठकले साविक खुद्रा मुल्यमा पेट्र‍‍ोलमा प्रति ली.मा रु.२,डिजेल र मट्टितेलमा प्रति ली.मा रु.१ बढाएको छ तर हवाई इन्धन आन्तरिकतर्फ प्रति ली.मा रु.३ र हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि प्रतिकिलोलीटरमा २२ घटाउने निर्णय गरेको जनाइएको छ । खाना पकाउने एल.पी. ग्यासक‍ो मूल्य भने यथावत रहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *