बलिउडका लोकप्रिय अभिनेता धर्मेन्द्रको आज मध्यान्ह भारतको मुम्बईस्थित आफ्नै निवासमा ८९ वर्षको उमेरमा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । दिवंगत धर्मेन्द्रलाई श्रद्धाञ्जली दिन उनको निवासमा कलाकारहरु लगायतको पुग्ने क्रम चलिरहेको बताइएको छ ।
सन् १९६० बाट अभिनय शुरु गरेका भर्मेन्द्रले ‘सोले’ मुभी सहित ३०० वटामा अभिनय गरेको बताइएको छ । उनी लामो समयदेखि विरामी थिए । दर्शकहरु माझ लोकप्रिय रहेका धर्मेन्द्रको निधनले बलिउड फिल्म इण्डष्ट्रीमा एक युगको अन्त भएको भनरतीय दिग्गज कलाकारहरुले बतएका छने । सन् २०१२ मा भारत सरकारबाट पद्मभुषण सम्मानटबा सम्मानित भएका भर्मेन्द्र त्यस अघि सन् १९९७ मा फिल्मफेयर लाइफटाइम अचिभमेण्टबाट सम्मानित भएका थिए ।
उनका प्रकाश कौर र हेमा मालिनी गरी दुई श्रीमती, शनि देओल र बबि देओल गरी २ छोरा र ईशा देँल र आहाना देओल गरी २ छोरी छन् ।





