बाढी र पहिरोले रसुवामा जनधनक‍ो क्षति

रसुवामा बाढी र पहिरोले जनधनको क्षति पुगेको छ । आज विहान ३ बजेतिर आएको त्रिसुली नदीको बाढीमा परी ३ जना प्रहरी सहित नेपाली र चिनियाँ नागरिक गरि १८ जना बेपत्ता भएको जनाइएको छ । सुरक्षित स्थानमा सार्न खोज्दै गर्दा बाढीले रसुवाको टिम्मुरेस्थित सुख्खा बन्दरगाहमा राखिएका ७ वटा विद्युतीय इभी गाडी बगाउनुका साथै नेपाल र चीनको स्वशासित क्षेत्र तिब्बत जोड्ने मितरी पुल बगाएको र रसुवागढी हाइड्रोपावरमा क्षति पु-याएको प्राप्त खबरमा उल्लेख छ ।आज विहान करिव ३ बजेतिर तिब्बततर्फबाट बगेर आउने लेन्दी खोलामा उर्लिएर आएको बाढीले रसुवाको रसुवागडौ र टिम्मुरे क्षेत्रमा बढी क्षति गरेको तर मानव वस्तीमा भने बाढी नपसेको बताइएको छ । बाढीमा फसेकाको नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरीले उद्धार गरेको प्राप्त खबरमा जनाइएको छ । रसुवाको उत्तरी क्षेत्रमा पानी परिरहेको र रसुवाको बाटोको ९/१० ठाउँमा पहिरो गएको क्षतिको यकिन विवरण भने आइनसकेको बताइएको छ , जसले पीडितलाई राहत वितरणमा समस्या परेको अधिकारीहरुको भनाई छ ।

सोही बाढीमा फसेमा फसेका नुवाकोटको त्रिसुली बजारमा २ जनालाई नेपाली सेनाको हेलिकप्टरले उद्धार गरि सुरक्षित स्थानमा पु-याएको थियो ।

त्रिसुली खोलामा बाढीको अवस्था सामान्य भएपनि सो खोला आसपास रहेका मानिसहरुलाई सतर्क रहन भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *