भक्तपुर जिल्ला बचत संघको आय‍जनामा आन्तरिक लेखापरीक्षण तालिम सम्पन्न


भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को तालिम व्यवस्थापन उपसमितिको आयोजनामा यही फाल्गुण २७ गते भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि.को तालिम हल, भक्तपुरमा दुई दिवसीय आन्तरिक लेखापरीक्षण तालिम सम्पन्न भयो ।
सो अवसरमा उक्त संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले सहकारी ऐनमै लेखा सुपरीवेक्षण समितिको काम, कर्तव्य र अधिकारको व्यवस्थामा लेखा सुपरीवेक्षण समितिले आन्तरिक लेखापरीक्षण गर्ने वा गराउन सक्ने व्यवस्था रहेको बताउनुभयो । लेखा सुपरीवेक्षण समितिबाट वा लेखापरीक्षकबाट नियमित आन्तरिक लेखापरीक्षण गराएमा आन्तरिक कारणले उत्पन्न हुने समस्याहरु समयमै निराकरण भई संस्था सुशासन, नीति, विधि र प्रविधामा सञ्चालनमा टेवा पुग्ने उहाँलृ बताउनुभयो । उहाँले सम्पत्ति शुद्धिकरण निवारणको प्रभावकारी कार्यान्वयनको नाउँमा सहकारी ऐन संशोधन प्रस्तावमा २५ लाखको व्यक्तिगत सीमा तोक्ने प्रस्ताव गलत रहेको बताउनुभयो ।
सोही संघका सञ्चालक एंव उपसमितिका संयोजक इन्द्रप्रसाद व्याञ्जुले आन्तरिक लेखापरीक्षण कार्यमा संस्थालाई टेवा पुगोस् भने उद्देश्यले तालिमको आयोजना गरेको बताउदै संस्थाको लेखा सुपरीवेक्षण समितिले आन्तरिक सुशासन कायम गराउन ध्यान दिनुपर्ने बताउनुभयो । यसैगरी सोही संघका व्यवस्थापक बालकृष्ण धोजुले सहकारीमा देखिएको हालको समस्या समाधान गर्न सहकारी आफ्नै सदस्य माझ गई विश्वासको वातावरण बनाउनुपर्ने विचार व्यक्त गर्नुभयो । उहाले सहकारीका कर्मचारीहरुले सहकारीको विनियम, ऐन /कानुनको अक्षरश; पालना र सो विपरीत कार्य भएमा सचेत र विरोध जनाई सदस्यको बचत सुरक्षामा भूमिका खेल्नुपर्ने बताउनुभयो । सी.ए.विजय सुकुपायोले स‍ो तालिममा सहजीकरण गर्दै सम्भावित जोखिमबाट बच्न र बचाउन आन्तरिक लेखापरीक्षण महत्वपूर्ण रहेकोले तालिममा सिकेका कुराहरुको व्यवहारिक प्रयोगले मात्र तालिमले सार्थकता पाउने बताउनुभयो ।
तालिमको समापन समारोह उपसमितिका सदस्य तुल्सी हरि प्रजापतीले सञ्चालन गर्नुभयो । तालिममा सहभागीहरुले धेरै कुराहरु सिक्न पाएँकोमा खुशी व्यक्त गर्दै तालिमबाट लेखा परिक्षणका क्षेत्र, उपाय र जोखिम न्यूनीकरण लगायतका विषयहरु सिकेको बताउनुभयो । तालिममा त्यस संघमा आबद्ध सदस्य संस्थाहरु मध्येबाट ३२ जना लेखा सुपरीवेक्षण समितिका प्रतिनिधि तथा कर्मचारीहरुको सहभागिता रहेको थियो । तालिममा सहभागीहरुलाई प्रमाण-पत्र प्रदान गरियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *