घुस प्रकरणको अडियो सार्वजनिक भएर विवादमा मुछिएपछि मंगलबार नेकपा (एमाले)का नेता समेत रहेका रहेका राजकुमार गुप्ताले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री पदबाट राजीनामा दिए । मंगलबार दिउँसो उनको राजीनामा स्वीकृत गरि प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६ को (९) बमोजिम माननीय श्री भगवती न्यौपानेलाई मन्त्री पदमा मा नियुक्त गरी संघीीय मामिला तथा सामाान्य प्रशासन मन्त्रालयको कार्यभार तोकेको राष्ट्रपति कार्यालयकी प्रबक्ता शैलजा रेग्मी भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । ।
अनेरास्ववियु हुँदै नेकपा (एमाले)को राजनीतिमा प्रवेश गरेकी भगवती न्यौपाने अनेम संघको तनहुँ जिल्ला कमिटीको सचिव हुँदै अध्यक्ष बनेकी थिइन् । २०७४ सालमा सम्पन्न सथानीय तहको निर्वाचनमा नेकपा (एमाले)ले उनलाई तनहुँको भानु नगरपालिकाको मेयर पदमा उम्मेद्वार बनायो तर उनी पराजित भइन् । पछि मेयर पदमा पराजित भएकी न्यौपानेलाई नेकपा (एमाले)ले संघीय संसदको माथिल्लो सदन राष्ट्रिय सभाको सदस्यमा उम्मेद्वार बनायो । उनी राष्ट्रिय सभा सदस्य पदमा विजयी भइन् । उनले राष्ट्रिय सभा सदस्यको भूमिका राम्रैसँग निर्वाह गरिरहेको जानकारहरु बताउछन् । यतिबेला उनले आफूलाई एक जना राम्रो बक्ताको रुपमा पनि विकास गरेको देखिन्छ । यही बीचमा उनले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको जिम्मा पाएका छिन् । आज राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालयमा उनलााई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको पद तथा गोपनियताको सपथ गराउने कार्यक्रम रहेको बताइएको छ ।





