भरे मध्यरातबाट प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङको अनिवार्य अबकास हुदैछ । नेपाल प्रहरीको ३० वर्ष सेवा अवधि पूरा गरेपछि अनिवार्य अबकासमा जानु पर्ने प्राबधानका कारण महानिरीक्षक खापुङको अनिवार्य अबकास हुन लागेको हो । आज महानिरीक्षक खापुङलाई गृह मन्त्री ओमप्रकाश अर्याल सहित प्रहरी अधिकारी लगायतले बिदाई गरे ।
महानिरीक्षक भएको ७० दिनमै खापुङको प्रहरी सेवाबाट अवकास हुन लागेको हो । महानिरीक्षक खापुङको कार्यकालमा गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनबाट ३ जना प्रहरीको ज्यान जानुकासाथै धेरै प्रहरी घाइते भएका थिए भने प्रहरी कार्यालय, बीट र चौकी तोडफोड र आगजनी हुनुकासाथै प्रहरीका हतियार सहितका सामाग्री लुटिनुका साथै कैदीबन्दी तथा पुर्पक्षमा रहेका थुनुवा र बाल सुधार गृहमा रहेका बालबालिका भागेका थिए । तीमध्ये अझै धेरै कैदी र प्रहरीका हतियार सुरक्षाकर्मीको नियन्त्रणमा आउन सकेको छैन । यो आन्दोलनको क्रममा ७६ जना भन्दा बढीको ज्यान जानुका साथै सयौं आन्दोलनकारी घाइते भए भने धेरै सार्वजनिक तथा व्यक्तिगत सम्पत्तिमाथि आगजनी र तोडफोड भएको थियो ।
महानिरीक्ष खापुङको अवकास भएसँगै भोलिबाट नेपाल प्रहरी महानिरीक्षकको पदभार नवनियुक्त प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सम्हाल्नेछन् ।





