मध्यपुर थिमि साकोसको आय‍ोजनामा रक्तदान कार्यक्रम सहित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

भक्तपुरको मध्यपुर थिमि नगरपालिकाक‍ो ताकुफाचोकमा आफ्नै भवनबाट सञ्चालन भइरहेको मध्यपुर थिमि बचत तथा ऋण सहकारी संस्था लि.को आय‍ोजनामा २०८२ जेठ १० गते शनिबार आदर्श उच्च माध्यमिक विद्यालयमा एक दिवसीय रक्तदान कार्यक्रम तथा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भयो । आदर्श उच्च माध्यमिक विद्यालय, नेपाल अष्ट्रेलियन सर्भाइकल क्यान्सर फाउण्डेसन, मध्यपुर सञ्चार समाज, डेण्टल आर्ट अ मल्टिस्प्यसिलिटी क‍‍ोरल अफ डेण्टल क्लिनिक ,कौसलटार भक्तपुर र कान्न्तिपुर रक्त सञ्चार सेवा तिनकुने , काठमाडौंसँगको सहकार्य तथा मध्यपुर डेरीको सहय‍ोगमा सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत यो रक्तदान कार्यक्रम र नि:शुल्क स्वास्थ्य शिविर आय‍ोजना गरेको मध्यपुर थिमि बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष कृष्णकाजी मानन्धरको भनाई छ । उक्त स्वास्थ्य शिविरमा महिलाहरुको पाठेघरको मुखको प्रारम्भिक क्यान्सर (अर्बुद) जाँच र उपचारका साथै दाँतको परीक्षण र उपचार गरिएको थियो । सो रक्तदान कार्यक्रममा रक्तदान गरेका रक्तदाताहरुलाई धन्यबाद ज्ञापन सहित आय‍ोजकले प्रमाणपत्र प्रदान गरेर्का थिए । यसैगरी आयोजक मध्यपुर थिमि बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष मान्धरले उक्त रक्तदान कार्यक्रम तथा नि:शुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न गर्न महत्वपूर्ण य‍ोगदान गरेका सामाजिक संघ/संस्था र व्यक्तित्व तथा स्वास्थ्यकर्मी लगायतलाई धन्यबाद ज्ञापन गर्दै मायाको चिनो प्रदान गरि सम्मानित गर्नुभय‍ो । मध्यपुर बचत तथा ऋण सहकारी संस्था लि.को सञ्चालक समिति,, लेखा सुपरीवेक्षण समिति र उप-समितिहरुका पदाधिकारी तथा सदस्यहरु,, शेेयर सदस्यहरु एवं कर्मचारी लगायतको सहभागिता रहेको त्यस रक्तदान कार्यक्रम र नि:शुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने सबैलाई अध्यक्ष मानन्धरले धन्यबाद ज्ञापन गर्नुभयो ।

स्थानीय समुदायमा आधारित रहेर यो संस्थाले बचत र ऋण कारोबारसँगै प्रत्येक वर्ष सामाजिक उत्तरदायित्व अन्तर्गत रचनात्मक कार्यक्रम सञ्चालन गर्दै आएको छ । १७ वर्ष अगाडि स्थापना भएको यो संस्था निरन्तर प्रगतिपथमा अगाडि बढिरहेको छ । स्थानीय समुदायसँगको सहकार्य र समझदारीका साथ अगाडि बढेका कारण छोट‍‍ो समयमा यो संस्थाले उल्लेख्य प्रगति गरि यो मध्यम श्रेणीको संस्थाको रुपमा रहन सफल भएक‍ो जानकारहरु बताउछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *