माँ बंगलामुखी उपभोक्ता सहकारी संस्था लि. १४औं वर्षमा प्रवेश

ललितपुर महानगरपालिका-११, कोन्तीमा आफ्नै भवन रहेको माँ बंगलामुखी उपभोक्ता सहकारी संस्था लि.स्थापना भएको हिजोबाट १४औँ वर्षमा प्रवेश गरेको छ । स्थानीय समुदायमा आधारित रहेर सञ्चालन भइरहेको सो संस्थाले स्थानीय कला , संस्कृति र सम्पदा संरक्षण र सम्वर्द्धनमा सहयोग पुग्ने गरि कार्य गर्दै आएको छ । फुटसल तथा जिमखाना सञ्चालन जस्ता कार्य गर्दै आएको त्यस संस्थाले ललितपुरको त:ननीट‍लस्थित त:ननी बचत तथा ऋणण सहकारी संस्था लि.सँग मिलेर ललितपुरको शंखमुलमा लिटिल फ्लावर इङ्लिस स्कुल सञ्चालन गरिरहेको छ । वि.सं.२०६७ असार १५ गतेबाट कारोकार शुभारम्भ गरेको यो संस्था सहकारीको सिद्धान्त, मूल्य र मान्यता अनुरुप राम्रोसँग सञ्चालन भइरहेको सोही संस्थाका सदस्यहरु बताउछन् ।

उक्त संस्था स्थापना भएको १४औं वर्ष प्रवेशको अवसरमा सोही संस्थाका अध्यक्ष अधिवक्ता लक्ष्मण महर्जनले शुभकामना व्यक्त गर्दै ‘हाम्रो यो संस्था सञ्चालनमा आजकाे दिनसम्म हामीलाई विश्वास गरि निरन्तर साथ सहयाेग प्रदान गर्नु हुने सम्पूर्ण सदस्य महानुभाव एवं हामीहरुकाे पिलरकाे रुपमा रहनु भएका सम्पूर्ण महिला सदस्य, महिला समूह एवं टाेल कमिटी र शुभचिन्तकहरुमा विशेष धन्यवाद एवं आभार व्यक्त गर्दै आजकाे विशेष दिनमा माँ बगलामुखी उपभोक्ता सहकारी संस्था लि.लाई यहाँहरुले गर्नु भएकाे विश्वासलाई सदैव कायम राखी राख्ने प्रतिबद्धता समेत व्यक्त गर्दछौँ’, भन्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *