ललितपुर महानगरपालिका-११,शंखमुल आवास क्षेत्रमा आफ्नै भवनबाट सञ्चालन भइरहेको माँ बगलामुखी उपभोक्ता सहकारी संस्था लि.काे ३ वर्षे रणनीतिक व्यवसायिक योजना तर्जुमा कार्यक्रम तथा यही पौष २० गते हुन लागेकाे जेष्ठ नागरिक, महिला समूह र महिला सदस्य धार्मिक भ्रमण कार्यक्रमकाे तयारी बैठक एवम् स्थल निरीक्षण कार्यक्रम २०८१ पौष ५ र ६ गते धार्मिक भ्रमण स्थल बुढानिलकण्ठ, टाेखा चण्डेश्वरी, सपन तीर्थको निरीक्षण गरि जरसिङ्पाउस्थित हेभेन हिल्स रिसाेर्टमा संस्थाका सल्लाहकारहरु, सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति, सबै उप समितिहरुका पदाधिकारी र सदस्यहरु तथा कर्मचारिहरुको उपस्थितिमा सम्पन्न भयो ।

उक्त कार्यक्रममा सोही संस्थाका अध्यक्ष अधिवक्ता लक्ष्मण महर्जनले ‘सहकारीकाे अध्ययन गरि तयार गरिएकाे सहकारीको भावी योजना, दीर्घकालीन रणनीति, र संस्थागत सुधारका विषयमा सञ्चालक समिति, सल्लाहकार समिति, लेखा सुपरीवेक्षण समिति, सम्पुर्ण उपसमिति र कर्मचारीहरूको सक्रिय सहभागितामा विस्तृत छलफल गरियो । यस क्रममा सहकारीका सदस्यहरूको आवश्यकताबारे गहन विश्लेषण गर्दै आगामी तीन वर्षका कार्यक्रमहरूलाई स्पष्ट खाका तयार पारिएकाे छ’, भन्नुभयो । ‘माँ बगलामुखि सहकारीले पौष २० गते आयोजना गर्ने धार्मिक भ्रमण कार्यक्रमलाई सफलतापूर्वक सञ्चालन गर्न सहकारी परिवारका सबै सदस्यहरूले एकताबद्ध भएर परिश्रम गर्ने र सहकारीको सामूहिक भावनालाई जीवन्त राख्ने प्रतिबद्धता जनाएका छन्’उहाँको भनाई ।






