नेकपा (एमाले)का अध्यक्ष खड्गप्रसाद शर्मा ओली प्रधानमन्त्री बनेको ५७औँ दिनमा बल्ल नेपाली कांग्रेस र नेकपा (एमाले)का प्रतिनिधि रहेको सरकारको न्युनतम साझा कार्यक्रम कार्यदल बनेको जनाइएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको नेपाली कांग्रेस र नेकपा (एमाले]का शीर्थ नेताहरुको बैठकले सो कार्यक्रमको मस्यौदा निर्माण कार्यदलको जिम्मा नेपाली कांग्रेसका महामन्त्री गगन थापा र प्रवक्ता डा.प्रकाशशरण महत तथा नेकपा (एमाले)का उप-महासचिवद्वय विष्णु रिमाल र प्रदीप ज्ञवालीलाई दिएको बताइएको छ । यो कार्यदलमा नेपाली कांग्रेस र नेकपा (एमाले} का प्रतिनिधि मात्रै रहनुले यी दुई दलबाहेक ओली नेतृत्वको सरकारमा सहभागी अन्य दलको स्वतन्त्र हैसियत नदेखिएको जानकारहरु बताउछन् ।
गत असार १७ गते नेपाली कांग्रेस र नेकपा (एमाले) बीच भएको ७ बुँदे सहमतीका आधारमा गत असार ३० गतृ नेकपा (एमाले)का अध्यक्ष ओली प्रधानमन्त्री बन्नुभएको थियो ।





