केन्द्रीय संघर्ष समितिद्वारा निर्वाचन बहिस्कारको थप संघर्षका कार्यक्रम घोषणा

२०८२; फाल्गुण २१ गते हुने प्रतिनिधि सभाको निर्वाचन बहिस्कारको आह्वान गरि जनसंघर्ष गर्दै आएको ५ वटा कम्युनिष्ट पार्टी सम्मिलित केन्द्रीय संघर्ष समितिले जनसंघर्षका थप कार्यक्रम घोषणा गरेको छ । सो समितिका संयोजक सीपी गजुरेलले हस्ताक्षर गरि जारी गरिएको प्रेस विज्ञप्तिमा २०८२ माघ २० देखि २०८२ फाल्गुण ३ गतेसम्मको लागि निर्वाचन बहिसकारको आह्वान गर्न घरदैलो, पर्चा वितरण, भित्तेलेखन,कोणसभा लगायतका जनसंघर्षका थप कार्यक्रम घोषणा गरेको उल्लेख छ ।

यही माघ १७ गते शनिबार वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालको केन्द्रीय कार्यालय, काठमाडौंमा बसेको उक्त संघर्ष समितिको बैठकले यही माघ १६ गते शुक्रबार सिन्धुलीको दुधौलीमा २०८२ फाल्गुण २ गते हुने तय भएको प्रतिनिधि सभाको निर्वाचन बहिस्कार सम्बन्धी जनभेटघाट कार्यक्रम सकेर घर फर्कने क्रममा चिया पसलमा बसेर चिया पिउदै गर्दा एकाएक प्रहरीले क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका केन्द्रीय सदस्य पूर्णबहादुर खड्कालाई गरेको पक्राउको विरोध गरि उहाँलाई तत्काल विना शर्त रिहा गर्न माग गरेको नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य खेमनारायण ढुंगानाले अलगपथलाई बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *