कोशी प्रदेश नामाकरण शिरोधार्य गर्न ४ दलको अपील

नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माके) र राप्रपाले १ नं. प्रदेश सभाबाट १ नं. प्रदेशको नाम क‍ोशी प्रदेश नामाकरण गर्ने निर्णय शिरोधार्य गर्न १ नं. प्रदेशबासीलाई अपील गरेका छन् । १ नं. प्रदेशको नाम कोशी प्रदेश नामाकरण गर्ने निर्णय खारेजीको माग गर्दै पहिचान पक्षधरहरुको संघर्ष समितिको आह्वानमा संघर्ष चर्किदै गएको बेला ती ४ दलका क‍ोशी प्रदेश समितिका अध्यक्षहरुले हस्ताक्षर गरी जारी गरेको संयुक्त प्रेस विज्ञप्तिमा सहमति जुटाएर १ नं. प्रदेशको नाम क‍ोशी प्रदेश नामकरण गर्ने निर्णय गरेकोमा उक्त प्रदेश सभा सदस्यहरुप्रति आभार व्यक्त गरिएको छ ।

गणतन्त्रमा शान्तिपूर्ण आन्द‍ोलनमा ज्यान जानु दु:खद : अशोक रााई

जनता समाजवादी पार्टी, नेपालका वरिष्ठ नेता अशोककुमार राईले

गणतन्त्रमा शान्तिपूर्ण आन्द‍ोलनमा ज्यान जानु दु:खद भएको बताउनुभएको छ । आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले कोशी प्रदेश नामाकरण खारेजीको माग गरी पहिचान पक्षधरहरुको आह्वानमा भएको शान्तिपूर्ण संघर्षको क्रममा ज्यान गुमाएका लाजेहाङ (पदम) राईको निधनप्रति दु:ख व्यक्त गर्नुभयो ।

यता पहिचान पक्षधरहरुले १ नं प्रदेशको नाम कोशी प्रदेश नामाकरण गर्ने १ नं. प्रदेश सभाको निर्णय खारेजीको माग गरी आन्दोलन गरेपनि कोशी प्रदेशको नामाकरण यदी खारेज भएमा १ नं. प्रदेशको नाम के राख्ने भन्ने बारेमा उनीहरु बीच सहमती हुन सकेको देखिदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *