जेनजी आन्दोलनका शहीदहरुको सम्मानमा पिपुल्स फ‍ोर्स नेपालले ग-यो शोकसभा

गत भदौ २३ र २४ गतेको जेनजी जेड आन्दोलनको क्रममा सुरक्षाकर्मीको गोली लागेर मृत्यु भएका शहीदहरुक‍ो सम्मानमा बुधबार पिपुल्स फोोर्स नेपालले शोकसभा आयोजना ग-यो । काठमाडौंको म्हैपीस्थित पारिजात स्मृति केन्द्रको सभाहलमा आयोजित कार्यक्रममा एक मिनेट मौनधारण गरि जेनजी जेड आन्दोलनका शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण सहित सम्मान गरियो । त्यसैगरी जेनजी आन्दोलनका क्रममा घाइते भएका सबैको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको थियो ।

पिपुल्स फ‍ोोर्स नेपालका संयोजक विश्वजीत खत्रीको अध्यक्षतामा सम्पन्न सो शोकसभालाई नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य तथा संगठन विभाग प्रमुख कृष्णहरि भट्ट र अखिल नेपाल किसान युनियनका संयोजक एके कार्कीले शोक मन्तव्य व्यक्त गर्दै जेनजी जेड आन्दोलनका क्रममा जेनजी पुस्ताले उठान गरेका माग पूरा गर्ने दवाव दिनुको साटो जेनजी पुस्ताको आन्दोलनको आवरणमा स्वार्थ समूहले विध्वंस गरी जनधनको क्षति गरेर जेनजी पुस्ताले गरेको आन्दोलनलाई बदनाम गरेेको र जेनजी आन्दोलनको बलमा सरकारमा पुगेकाले पनि जेनजी आन्द‍‍‍ोलनको मर्म र भावना विपरीत काम गर्न शुरु गरेर जेनजी जेड आन्दोलनका शहीद र घाइतेहरुलाई अपमान गर्न थालेको अनुभूति भएको बताए । उनीहरुले राष्ट्रिय स्वाधिनता र अग्रगमनको निम्ति सम्पूर्ण देशभक्त शोषित उत्पीडित वर्ग र समूह एकजुट भएर अगाडि बढ्नु पर्ने विचार व्यक्त गरे ।

कार्यक्रमको अध्यक्षता गर्दै पिपुल्स फोर्स नेपालका संयोजक खत्रीले जेनजी जेड पुस्ताले उठाएमा माग पूरा गराउन निरन्तर दवावमुलक कार्य गर्नु पर्नेमा जोड दिदै जेनजी जेड पुस्तासँगै पिपुल्स फोर्स नेपाल रहेको बताए ।

स‍ो कार्यक्रम पिपुल्स फ‍ोर्स नेपालका सह-संयोजक उत्सुक कट्टेलले सञ्चालन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *