नेकपा सहितका ४ वटा कम्युनिष्ट पार्टीले नेकपाको ७६औँ स्थापना दिवस संयुक्त रुपमा मनाउने

ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी सहित ४ वटा कम्युनिष्ट पार्टीले नेपाल कम्युनिष्ट पार्टीको ७६औँ स्थापना दिवस संयुक्त रुपमा मनाउने भएका छन् । स‍ो दिवसको अवसरमा काठमाडौंको कीर्तिपुर नगरपालिका-२, मैत्रीनगरस्थित नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कार्यालयमा २०८१ भाद्र ३० गते आइतबार दिनको १२ :०० बजे संयुक्त कार्यक्रम आय‍ोजना गरिएको र उक्त कार्यक्रमलाई आयोजक ४ वटै दलका शीर्ष नेताले सम्बोधन गर्ने नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष आर.बी. भण्डारीले अलगपथलाई बताउनुभयो ।

यता नेपाल कम्युनिष्ट पार्टीको ७६औँ स्थापना दिवसको अवसरमा नेपाल कम्युनिष्ट पार्टी चितवन जिल्ला संयोजन समितिको आयोजनामा २०८१ भदौ २९ गते शनिवार दिउसो १२:०० बजे चितवनको भरतपुरस्थित सप्तगण्डकी क्याम्पसमा ‘वामपन्थीहरुको भावी कार्यदिशा‘ विषयक छलफल कार्यक्रम आय‍ोजना गर्न लागेको र सो कार्यक्रमलाई नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल लगायतले सम्बोधन गर्ने नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष डा.शम्भु कट्टेलले बताउनुभयो ।

नेकपाले सडक संघर्ष निरन्तर गर्ने

नेपाल कम्युनिष्ट पार्टीले अगाडि बढाएको भ्रष्ट र जनविरोधी सत्ता विरुद्ध सडक संंघर्ष निरन्तर रुपमा अगाडि बढाउने भएको छ । उक्त पार्टीको बागमती प्रदेश संघर्ष समितिको यही बुधबार बसेको बैठकले उक्त निर्णय गरेको जनाइएको छ । सो सडक संघर्ष अन्तर्गत यही भाद्र १६,१८ र २० गते काठमाडौंंको नयाँबजार, माछाप‍ोखरी र कीर्तिपुरमा महङ्गी, भ्रष्टाचार र राष्ट्रघात विरुदध भण्डाफोर गरौं , नयाँ जनवादी गणतन्त्र प्राप्तिको लागि अघि बढौं भन्ने नाराका साथ विरोध कार्यक्रम भएका थिए । ती कार्यक्रमलाई सोही पार्टीका सचिवालय सदस्य भूषण उपाध्याय, अखिल नेपाल ट्रेड युनियन महासंघका महासचिव राजकुमार थापा, पिपुल्स फ‍ोर्स नेपालका संयोजक विश्वजीत र सोही फोर्सका सचिवालय सदस्यद्वय उत्सुक कट्टेल र निल गगन लगायतले सम्बोधन गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *