रामचन्द्र पौडेल भावी राष्ट्रपति !

८ दलले राष्ट्रपति पदमा नेपाली कांग्रेसका उम्मेद्वारलाई समर्थन गर्ने निर्णय गरेसँगै नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल अबको भावी राष्ट्रपति बन्ने निश्चित जस्तै बनेको समाचार श्रोतले जनाएको छ । नेपाली कांग्रेस भित्र पौडेलसँगै अर्का नेता कृष्णप्रसाद सिटौलालाई उम्मेद्वार बनाउनु पर्ने विषय उठेपनि पार्टी भित्र पौडेलको पक्षमा समर्थन जुटेपछि उहाँ नै राष्ट्रपति पदको उम्मेद्वार बन्ने अवस्था बनेको बताइएको छ । उहाँको पक्षमा सभापति देउवा सहितका नेताहरुले समर्थन गरेको जानकारहरु बताउछन् तर यस बारेमा भोलि विहान बस्ने नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले निर्णय गर्ने जनाइएको छ ।

नेपाली कांग्रेसको उप-सभापति र कार्यबहाक सभापति बनेका पौडेल , सभामुख तथा उपप्रधानमन्त्री तथा पटक मन्त्री बन्नुभएको थियो तर २०६७ सालमा व्यवस्थापिका संसदमा १७ पटकसम्म प्रधानमन्त्रीको उम्मेद्वार बनेका पौडेल प्रधानमन्त्री बन्न भने सक्नुभएन । २०७४ को प्रतिनिधि सभा सदस्य पदको निर्वाचन बाहेक २०४६ सालपछि भएका सबै प्रतिनिधि सभा र संविधान सभा सदस्यमा पौडेलले बाजी मारी रहनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *