सरकार बाहिर रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय भएको छ । पार्टी कार्यालय बशन्तपुर, काठमाडौंमा आज बसेको उक्त निर्णय गरेको जनाइएको छ । सो बैठकले राष्ट्रपति निर्वाचनको बारेमा भने कुनै निर्णय नगरेको समाचार श्रोतले जनाएको छ ।





